१) मुक्तक
झुटो सुझाव झुटो राय यत्ति हो र सरकार,
बाँच्न कुनै छैन र उपाय यत्ति हो र सरकार।
न पायाै देशमा रोजगार न त विदेश जान,
मात्र मृत्युको सजाय यत्ति हो र सरकार।
२) मुक्तक
खाएका बाचाबन्धन तोड्यै बिर्सेको नै हो र,
कि त पराईसँगै नाता जोड्याै बिर्सेको नै हो र।
सुरुमा त नबोली ननिदाउने मान्छे तिमी,
आजभोलि बोल्नै ञ्छोड्यै बिर्सेको नै हो र।
३) मुक्तक
प्रगतिको पाइलामा खुट्टा तान्ने आफ्नाहरू हुन्,
‘मुखले मात्र आफन्त ठान्ने’ आफ्नाहरू हुन्।
दुश्मनले त बरुँ छाती खोलेर लड्न आएका थिए,
‘लुकेरपछाडिबाट छुरा हान्ने’ आफ्नाहरू हुन।
४) मुक्तक
गरिबीको नदीबाट पारी तर्न अवसर पाइँदैन,
उकाली अनि ओराली झर्न अवसर पाइँदैन।
मन थामेर परदेश जानूबाहेक विकल्प के छ,
आफ्नै देशमा केही काम गर्न अवसर पाइँदैन।
५) मुक्तक
रुँदैरुँदै भए पनि बिदा दिनुपर्याे,
यस्तै रहेछ भाग्य भनी सम्झिनुपर्याे।
तिमी धनभन्दा मन ठूलो भन्छाै मित्र।
पैसाका लागि परिवारसगँ छुटिनुपर्याे।
६) मुक्तक
कहिले यता कहिले उता सर्न जरुरत थियो र,
यसरी अनेकाै बुट्टा भर्न जरुरत थियो र।
हिजो त बिनाकामको भनी लत्याएको मान्छेले,
आज रुँदैकराउँदै मेरो पाउ पर्न जरुरत थियो र।
७) मुक्तक
ढलेपछि तिम्रो प्रेमको घर के हाल हुन्छाै होला,
सकिंदा सँगै जिउँने रहर के हाल हुन्छै होला।
अहिले त मेरो बोली नसुनी ननिदाउने तिमी,
म मरेको पुग्यो भने खबर के हाल हुन्छ होला।
८) मुक्तक
झण्डा बेचिन्छ, स्वाभिमानी शिर बेचिन्छ,
टुक्राटुक्रा पारेर मेरो देशको शरीर बेचिन्छ।
कहाँ गयो कानुन, कहाँ गयो नेताको बाचा,
धर्मको नाममा सरकारबाट नै मन्दिर बेचिन्छ।
-सपना कुँवर
प्रकाशित: २६ फाल्गुन २०८१ १३:३९ सोमबार