९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँदै

फाइल तस्बिर

भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी गरेको छ।

मङ्गलबार नेपालगञ्जमा बसेको सर्वदलीय बैठकले यही वैशाख २० गते कोहलपुर नगरपालिका वडा नं. १ बाट भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्ने निर्णय गरेको आयोगका जिल्ला अध्यक्ष घननाथ खनालले जानकारी दिए।

‘सर्वदलीय बैठकले प्रधानमन्त्री वा विभागीय मन्त्रीको उपस्थितिमा कोहलपुर १ बाट जग्गाधनी प्रमाणपत्र वितरण गर्ने निर्णय गरेको छ,’ अध्यक्ष खनालले भने, ‘यससम्बन्धी सम्पूर्ण तयारी भइसकेको छ र आयोगदेखि सरोकारवाला सबै निकायलाई जानकारी गराइसकेका छौँ।’

विगतका आयोगबाट भएका अधुरा र अपूरा कार्यको अभिलेखका लागि नापी कार्यालय कोहलपुर, नापी कार्यालय बाँके, मालपोत कार्यालय कोहलपुर र मालपोत कार्यालय नेपालगञ्जलाई पत्राचार गरिएको छ। सबैतिर क्रमशः जग्गाधनी प्रमाणपत्र वितरणको तयारी भइरहेको खनालले बताए। रासस

प्रकाशित: १० वैशाख २०८२ ०७:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App