१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

युएईका उपप्रधानमन्त्रीले आज द्विपक्षीय वार्ता गर्ने

संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान दुईदिने भ्रमणका लागि मंगलबार साँझ काठमाडौं आइपुगेका छन्।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, परराष्ट्र सचिव अमृतबहादुर राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीले उनको स्वागत गरेका थिए। 

परराष्ट्र मन्त्रालयका अनुसार, नाह्यानले यहाँ रहँदा उच्चस्तरीय भेटघाट गर्नेछन्। उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्नेछन्।

नाह्यानसँग युएईका परराष्ट्र राज्यमन्त्री अहमद अली मोहम्मद अल सायेघ, आर्थिक तथा व्यापार सहायकमन्त्री सईद मुबारक राशिद अलहजेरी, ऊर्जा तथा दिगोपन सहायकमन्त्री अब्दुल्ला बलाला, नेपालका लागि युएईका राजदूत अब्दुल्ला जरवान अलशाम्सी र युएईका अन्य वरिष्ठ अधिकारी छन्। उनको प्रतिनिधिमण्डल आज अपराह्न युएई फर्कनेछ। रासस

प्रकाशित: १० वैशाख २०८२ ०६:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App