माथिल्लो त्रिशूली ‘३ ए’मा उद्धार तीव्र : प्रवेशद्वार खोल्ने काम एक घण्टामा पूरा हुने
भोटेकोशी बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि सुरुङको प्रवेशद्वार खोल्ने काम अबको करिब एक घण्टामा पूरा हुने अपेक्षा गरिएको छ।

