२८ पुस २०८१ आइतबार
image/svg+xml
कला

कानुनकी विद्यार्थीले ल्याइन् सामाजिक उपन्यास ‘निर्षा’

भक्तपुरको दधिकोटस्थित ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल) मा बी.ए.एल्.एल्. बी. तेस्रो वर्षका विद्यार्थी निसा पाण्डे सामाजिक उपन्यास ‘निर्षा’ लिएर पाठक माझमा आएकी छन्।

उनको उपन्यासमा जातीय विभेदले निम्त्याएको पारिवारिक विखण्डन, राजनैतिक अस्थिरता र वैदेशिक रोजगारीको चित्रण गरिएको छ। सरल भाषामाा लेखिएको उपन्यास पठनीय छ।

उपन्यासकार पाण्डेको यो पहिलो कृति हो। केएसएल कलेजमा निर्षाकाे विमोचन गरिएको हाे।

‘यस उपन्यासमा निसाले समाजका अत्यन्तै गम्भीर समस्याहरूको उठान गरेकी मात्र छैनन्, आफ्नो लेखनी मार्फत निरूपणको सत्प्रयास पनि गरेकी छन्’, कार्यक्रममा कलजेका कार्यकारी निर्देशक प्राडा युवराज संग्रौलाले भने, ‘उनले अँध्यारोका बिचबाट आशाको ज्योति पनि प्रतिबिम्बित गराएकी छन्।’

लेक्स एन्ड जुरिस पब्लिकेसन्स्ले प्रकाशन गरेको पुस्तकको मूल्य २५० रुपैयाँ राखिएको छ।  

प्रकाशित: २८ पुस २०८१ १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App