५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
शिक्षा

काठमाडौंमा ‘अष्ट्रेलियन एजुकेशन फेयर २०२६’ हुँदै

३० भन्दा बढी अष्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधि सहभागी हुने

अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्ने सपना देखिरहेका नेपाली विद्यार्थीहरूका लागि यही माघ ९ गते शुक्रबार  काठमाडौंमा ‘अष्ट्रेलियन एजुकेशन फेयर २०२६’ आयोजना हुने भएको छ। जहाँ अष्ट्रेलियाका ३० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूको प्रत्यक्ष सहभागिता रहनेछ।

ग्लोबल एजुकेशन सर्भिसेस प्रा.लि.को आयोजनामा हुन लागेको यो वृहत् शैक्षिक मेला काठमाडौंको लाजिम्पाटस्थित होटल रेडिसनमा बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुनेछ।

शैक्षिक परामर्श क्षेत्रमा विश्वसनीय नाम बनाइसकेको ग्लोबल रीचले विद्यार्थी र अभिभावकलाई अष्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रक्रिया, काम गर्ने अवसर तथा छात्रवृत्तिबारे प्रत्यक्ष र यथार्थपरक जानकारी प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागेको जनाएको छ।

मेलामा सहभागी विद्यार्थीहरूले ३ हजारभन्दा बढी शैक्षिक कार्यक्रम वा कोर्स् सम्बन्धी जानकारी पाउनुका साथै, आफ्नो शैक्षिक योग्यता र क्षमताअनुसार १० प्रतिशतदेखि १०० प्रतिशतसम्मको छात्रवृत्ति अवसरबारे परामर्श लिन सक्नेछन्। विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी आफ्नो भविष्यको अध्ययन योजना स्पष्ट पार्ने अवसर पनि मेलाको मुख्य आकर्षण रहनेछ।

आयोजकका अनुसार मेलामा सहभागी हुन कुनै पनि शुल्क लाग्ने छैन, अर्थात् प्रवेश पूर्ण रूपमा निःशुल्क गरिएको छ।

विगत १७ वर्षदेखि नेपालमा विद्यार्थीहरूलाई सही मार्गदर्शन, करिअर काउन्सेलिङ र अन्तर्राष्ट्रिय शिक्षा परामर्श प्रदान गर्दै आएको दाबी गर्दै संस्थाले यो मेला नेपाली विद्यार्थीका लागि विदेश अध्ययनको ढोका खोल्ने महत्वपूर्ण प्लेटफर्म बन्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित: ६ माघ २०८२ १९:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App