२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसबाट सय बढि नयाँ अनुसार, देउवासहितका प्रभावशाली रोकिए

मुलुकको सबैभन्दा पुरानो दल नेपाली कांग्रेसले फागुन २१ गते हुने आम निर्वाचनमा पुराना र प्रभावशाली नेताहरूलाई पन्छाउँदै नयाँलाई मैदान उतारेको छ । मंगलबार भएको प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वले विगतमा पटक-पटक निर्वाचनमा प्रतिष्पर्धा गरेकालाई पाख लगाएर नयाँलाई अवसर दिएको हो ।  

प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचनमा क्षेत्रमध्ये सय बढीमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । संघीय राजधानी काठमाडौंका दश निर्वाचन क्षेत्रमध्ये नौ वटामा नयाँ अनुहारलाई कांग्रेसले उम्मेदवार बनाएको छ । काठमाडौं – ५ का निर्वतमान सांसद् प्रदीप पौडेल बाहेक कांग्रेसले अरु नौ क्षेत्रमा नयाँ नेतालाई उम्मेदवार बनाएको छ । विगतमा काठमाडौं –४ बाट प्रतिष्पर्धा गर्दै आएका कांग्रेस सभापति गगनकुमार थापाले उक्त क्षेत्र छाड्दै सर्लाही–४ बाट वारेबाट उम्मेदवारी दिएका छन् । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकबाट सदस्य बनेका थापा त्यसयताका तीन वटा निर्वाचनमा काठमाडौं–४ बाट अनुमोदित हुँदै आएका थिए । अहिले उक्त क्षेत्रबाट सचिन तिमिल्सिना उम्मेदवार बनेका छन् ।  

त्यस्तै, काठमाडौं–१बाट कांग्रेसले प्रवल थापा, २ मा कविर शर्मा, ३ मा रमेश अर्याल, ६ मा सबुजकृष्ण बानियाँ, ७ मा प्रमोदहरि गुरागाइँ, ८ मा सपना राजभण्डारी, ९ मा नानु बास्तोला र १० मा हिमाल कार्की उम्मेदवार बनाेका छन्। यसअघि काठमाडौं–१ बाट प्रकाशमान सिंह उम्मेदवार बन्दै आएका थिए । काठमाडौंको दुई नम्बर क्षेत्र कांग्रेसको विगत देखि नै प्राथमिकतामा पर्दैन थियो भने तीन नम्बर क्षेत्रमा निवर्तनमा सांसद सन्तोष चालिसेलाई रोकेर कांग्रेसले रमेश अर्याललाई उम्मेदवार बनाएको छ ।  

यो पनि पढ्नुहोस्

यी हुन कांग्रेसका १६५ जना प्रत्यक्ष उम्मेदवार(सूची)

प्रत्यक्षतर्फको १ सय ६५ निर्वाचन क्षेत्रमा दश जना महिलालाई कांग्रेसले उम्मेदवार बनाएको छ । यसमा झापा–२ सरिता प्रसाईं, झापा–५ बाट मन्धरा चिमरिया, सिराहा–४ बाट चन्द्रकलाकुमारी यादव, सिन्धुली–२ बाट सुशीला थिङ, मकवानपुर–१ बाट महालक्ष्मी उपाध्याय ‘डिना’, काठमाडौं–८ बाट सपना राजभण्डारी, काठमाडौं– ९ बाट नानु बास्तोलालाई उम्मेदवार बनाएको छ । प्रसाईं, थिङ र भण्डारी निर्वाचनमा प्रतिनिधिसभा सदस्य हुन् भने डिना २०७९ को चुनावमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेकी थिइन्। चितवन–२ बाट मिनाकुमारी खरेल, रुकुमपूर्वबाट कुशुमदेवी थापा मगर, दैलेख–१ बाट वासना थापालाई कांग्रेसले उम्मेदवार बनाएको छ ।  

विशेष महाधिवेशनबाट नेतृत्व परिर्वतनको पक्ष र विपक्षमा कांग्रेस विभाजित हुँदा निर्वातमान सभापति शेरबहादुर देउवा २०४८ सालपछि पहिलो पटक उम्मेदवार बनेनन् । त्यसयताका सबै निर्वाचन २०५१,२०५६,२०६४, २०७०, २०७४ र २०७९मा देउवा डडेल्धुराबाट निर्वाचित हुँदै आएका थिए । तर यस पटक निर्वाचनको प्रतिष्पर्धाबाट देउवा बाहिरिएसँगै उक्त क्षेत्रमा कांग्रेसले नैनसिंह महरलाई उम्मेदवार बनाएको छ ।  

निवर्तमान उपसभापति धनराज गुरूङलाई पनि यसपालि उम्मेदवार बनन् भने निर्वाचनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि चुनावी प्रतिष्पर्धाबाट अलग भएका छन् । गुरूङले २०७९ सालमा स्याङजा–२ बाट निर्वाचित भएका थिए भने खड्का सुर्खेत –१बाट अघिल्लो चुनाव जितेका थिए । त्यस्तै, कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालालाई पनि कांग्रेसले उम्मेदवार बनाएन । पछिल्लो तीन चुनावमा शशांक नवलपूर पूर्वबाट निर्वाचित भएका थिए ।

त्यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस नेता बालकृष्ण खाँणलाई पनि कांग्रेसले उम्मेदवार बनाएन । अघिल्लो निर्वाचनमा   रूपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरासँग खाँण पराजित भएका थिए । निर्वातमान गृहमन्त्री रमेश लेखकलाई पनि कांग्रेसले यस पटक उम्मेदवार बनाएन । कञ्चनपुर–३ बाट लेखकले यसअघि चार पटक अनुमोदित भएका थिए ।  

कांग्रेस उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल दुबै जना यस पटक उम्मेदवार बनेनन् । फेरिएको परिर्वतन अघि नै शर्माले आफु फागुन २१ गतेको निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका थिए । उनीसँगै तत्कालिन सहमहामन्त्रीहरू बद्री पाण्डे, जीवन परियारका साथै  सुर्खेत–२ का हृदयराम थानी, धादिङ–२ का रामनाथ अधिकारी, काठमाडौं–१० राजेन्द्र केसीले उम्मेदवार नबन्ने घोषणा गरेका थिए । परियार बाहेक सबै अघिल्लो निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद् हुन् । 

प्रकाशित: ६ माघ २०८२ १९:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App