११ कार्तिक २०८१ आइतबार
image/svg+xml
कला

मैथिली गीत ‘माने ना जिया’ सार्वजनिक

त्रिकोण इन्टरटेनमेन्टको प्रस्तुति ‘माने ना जिया’ नामक मैथिली गीत सार्वजनिक भएको छ। यस गीतमा सुमित मलिक र कृशला चौधरीको सुमधुर आवाज रहेको छ। गीतका बोल श्याम किशोर मण्डलले लेखेका हुन् भने प्रशान्त अरविन्दले थप शब्दहरू समेटेर गीतलाई जीवन्तता दिएका छन्। सुमित मलिकले नै गीतलाई कम्पोज अनि गरेका छन् र सुयोग महतोको संगीत संयोजन रहेको छ।

काजल कर्ण र राजीव समरको जोडीलाई भिडियोमा अन स्क्रिन रोमान्स, संघर्ष र प्रेमलाई देखाइएको छ। मन्दिरको पेटीमा बसेर फूल पाथी बेच्नेको चरित्रमा देखिएकी काजलसँग चेक सर्टमाथि गम्छा भिरेका राजीव समरको प्रेमको कथा भिडियोमा देखाइएको छ।

राजीव अहिले नेपाली म्यूजिक भिडियोको डिमाण्डमा रहेका कोरियोग्राफर हुन्। अहिले सार्वजनिक हुने अधिकांश म्यूजिक भिडियोमा उनले नै मोडेल, हिरो र हिरोइनलाई नचाउने गरेका छन्। समरले ठुलो क्यानभासको सिनेमामा समेत कोरियोग्राफी गरेका छन् भने केही म्यूजिक भिडियो निर्देशन गरेका छन्। रियालिटी शो डान्सिङ विथ स्टारमा समेत उनले कोरियोग्राफि गरिसकेका छन्। समरले अभिनय गरेको यो पहिलो म्यूजिक भिडियो हो।

त्यस्तै काजल पनि मोफोसलमा रहेर दुई दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। उक्त ‘माने ना जिया’ नामक मैथिली गीतको भिडियोमा सागर यादवको सिनेमाटोग्राफी, सुप्रिम पराजुलीको सम्पादन र कलर संयोजन रहेको छ।

गीतको निर्माता काजल कर्ण हुन् भने राहुल कर्ण सहनिर्माताको रूपमा छन्। निर्देशन र कोरियोग्राफी राजीव समरको रहेको यस म्यूजिक भिडियोले मैथिली संगीतमा एउटा नयाँ आयाम थप्ने प्रयास गरेको छ।

प्रकाशित: ११ कार्तिक २०८१ १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App