उत्तर खोज्दै प्रश्नको घेराभित्र
अपेक्षाको आँगनबाटै, अनगिन्ती खुसीहरू खोसिएपछि, उत्सवकै बाजा घन्किँदा पनि, नाच्न सकेनन् असुरक्षित विचारहरू।
अपेक्षाको आँगनबाटै, अनगिन्ती खुसीहरू खोसिएपछि, उत्सवकै बाजा घन्किँदा पनि, नाच्न सकेनन् असुरक्षित विचारहरू।
होस् कि नहोस् जम्मा गर्नुमा फाइदा देखाउँछन्, उनकै अफिसको फारम भर्नुमा फाइदा देखाउँछन्। बिमा अभिकर्तासँग एक घण्टा गफ गर्नुस्, बाँच्नुमा भन्दा मर्नुमा फाइदा देखाउँछन्।
मन दुखिरहेको बेला मजाक गर्छन् मान्छेले, सहयोग नगरी आँखामा धुलो छर्छन् मान्छेले। यो स्वार्थी दुनियाँको कुरा गरेर साध्य नै छैन, दुई रुपैयाँ दिनु पर्दा मुटुमा आह भर्छन् मान्छेले।
मायामा समर्पण, ठट्टा अनि हाँसो पनि हुनुपर्छ, असल प्रेममा कहिलेकाहीँ गुनासो पनि हुनुपर्छ। नदीले पनि बाटो बदल्छ निरन्तर बग्न पाएन भने, सम्बन्ध जोगाउन दुवैकाे चिन्ता र चासो पनि हुनुपर्छ।
पाइलापाइलामा बेथिति छ, घरघरमा स्वार्थका पन्तरा थुप्रिएका छन्, देख्नुभा छैन कि!
अन्ततः म भेडापालन व्यवसाय सुरु गर्ने निर्णयमा पुगेँ। अरू असंख्य जीव–जीवादिहरूभन्दा भेडापालन व्यवसाय रमाइलै होला भन्ने लाग्यो मलाई।
प्रस्तुत निबन्धांशमा पितृसत्तात्मक मूल्यमान्यताका कारण महिलामाथि पुरुषको अधीनमा राख्ने गरे पनि महिलाको अस्तित्व र पहिचानको पक्षमा आवाज उठाइएको छ।
यो नियमित प्रक्रिया हो तर अनन्त होइन, एउटा प्राकृतिक कारण हो वसन्त होइन। सिक्रो हुँदैमा बोट सुकेको नहुन सक्छ मित्र,वनस्पतिको पात झर्नु वृक्षको अन्त होइन।
न त तिमीले देख्यौ न त मैले नै देखें,न तिमीले भेट्यौं न त मैले नै भेटें। अधुरै रहे तिम्रा मेरा प्रेम कहानीहरू, न त तिमीले लेख्यौ न त मैले नै लेखे।
पैसामा मायाको व्यापार गर्नेहरू टिकेका छन्, लगानीबिनै फाइदा कसरी हुन्छ सिकेका छन्। आफ्नैले आफन्त नचिन्ने यो अचम्मको सहरमा, सम्पत्तिको लोभमा मान्छे सजिलै बिकेका छन्।
समय चक्रले भत्काउँछ सुरक्षाको देवाल होस गर, प्रकृतिको उग्र रूप छेक्ने कुनै छैन पर्खाल होस् गर। उद्दण्ड बन्दैछ मान्छे सत्ता, शक्ति र धनको बलमा,विध्वंस गरी विकासमा गर्न हुन्न कुनै जाल होस गर।
उचाल्ने र पछार्ने विषयमा छलफल हुन्छ, कसैलाई दाग लागे शुद्धि गर्ने पहल हुन्छ। राजनीति अमर्यादित खेल कहाँ हो र साथी! यहाँ त पार्टीभित्र नै पवित्र गंगाजल हुन्छ।
अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि खटिएको प्रहरीको एउटा गाडी साँझसाँझमा शहरका मुख्य चोकहरू हुँदै एउटा अलि साँघुरो गल्लीमा पस्यो।
कहिले निम्ठो, कहिले झुसी हुन्छ मान्छे,अनायासमै किन यत्रो छुसी हुन्छ मान्छे। भोको पेट नाङ्गो आङ्लाई के राष्ट्रियता! विदेशको भिसा लाग्दा खुशी हुन्छ मान्छे।
उनीहरूले मलाई कत्ति पनि हेपेनन्। ससम्मान प्रश्न सोधे। म कहाँ शरणार्थीको रूपमा आएको मान्छे। मसँग न कुनै परिचयपत्र नै थियो, न त त्यहाँ मैले चिने जानेको कोही अधिकृत नै थिए।