२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

आक्रमणबारे सलमानको बयान: म र मेरो परिवार खतरामा

बलिवुडका भाईजान सलमान खानले मुम्बईस्थित आफ्नो ग्यालेक्सी अपार्टमेन्टमा भएको आक्रमण पछि प्रहरीले दिएको बयान सार्वजनिक भएको छ।

सलमान खानले लरेन्स विस्नोई नामक ग्याङ्स्टरले गोली फायरिङ्गभन्दा पहिला पनि ज्यानमार्ने धम्कीसहितको पत्र घरमा पठाएको बताए।

आक्रमणको दिन म घरमै रहेको भन्दै उनले पटकपटक विश्नोइ समूहबाट आफूलाई ज्यानमार्ने धम्कीसहितको पत्र आउने गरेको बताए।

उनले आक्रमण पछि मेरो आमा बुबा, घरका अन्य सदस्य र आफू सुरक्षित नरहेको बताएका छन्।

उनले आक्रमणसँग सम्बन्धित सबै जानकारीबारे बताउँदै भनेका छन्, ‘कडा सुरक्षा व्यवस्थाका बाबजुद आक्रमण हुनुले परिवारसहित सबै चिन्तामा छन्। सबैलाई एलर्ट गरिएको छ। मलाई आशा छ प्रहरीले घटनामा संलग्नलाई चाडै कारबाही गर्नेछ र म अनि मेरा परिवार चाँडै ढुक्का साथ आफ्नो जीवन बिताउन पाउने छौं।’ 

सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गत वर्षको जुलाई १४ मा बिहान करिब ४ बजेतिर दुईजनाले गोली प्रहार गरेका थिए। घटनामा कुनै मानवीय क्षति नभएपनि प्रहरीले घटनाबारे छानबिन गरिरहेको छ।

प्रकाशित: १० श्रावण २०८१ १३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App