२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

मेनुका र शिव परियारलाई छिन्नलता पुरस्कार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साहित्य तथा कला क्षेत्रमा योगदान पुर्‍याएका सर्जक तथा कलाकर्मीलाई छिन्नलता पुरस्कार प्रदान गरेका छन्। बुधबार गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०२औं जन्मजयन्तीका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७९ र २०८० सालको छिन्नलता गीत पुरस्कार प्रदान गरेका हुन्।

प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, संगीतकार मनराजा नकर्मी र गायक शिव परियारलाई प्रदान गरेका थिए। उनीहरूले जनही एक लाख रूपैयाँसहित छिन्नलता पुरस्कार प्राप्त गरेका थिए। युवातर्फ गायिका मेनुका पौडेललाई ५० हजार रूपैयाँ राशिसहित पुरस्कृत गरिएको थियो।

त्यस्तै २०८० सालका लागि एक लाख रूपैयाँसहितको छिन्नलता पुरस्कार गीतकार वीरेन्द्र पाठक, संगीतकार चण्डिप्रसाद काफ्ले, गायिका मनिता सोताङ र युवातर्फ गायक भुपू पाण्डेलाई ५० हजार रूपैयाँसहित पुरस्कार प्रदान गरियो। सो पुरस्कारको घोषणा गत वैशाखमा गरिएको थियो।

प्रकाशित: ३ श्रावण २०८१ ०७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App