चलचित्र पुष्पाको अर्को भागको प्रतिक्षामा रहेका फ्यानहरूका लागि रश्मिका मन्दनाको पहिलो लुक सार्वजनिक गरिएको छ।
अल्लु अर्जुन र रश्मिका अभिनिति चलचित्र पुष्पा-२ बाट रश्मिकाको लुक सार्वजनिक गरिएको हो।
सार्वजनिक गरिएको तस्बिरमा श्रीवल्लीको भूमिकामा रहेकी रश्मिकाको आँखामा एग्रेसन देखिन्छ। जसले उनका फ्यानहरूलाई निकै उत्साहित बनाएको छ।
चलचित्रको पहिलो भागमा सोझी र शान्त भूमिकामा देखिएकी रश्मिकालाई पार्ट २ मा निकै फरक रुपमा देख्न पाइने अनुमान गर्न सकिन्छ। चलचित्रको टिजर आज सार्वजनिक गरिँदैछ।
अगस्ट १५ मा रिलिज हुने पुष्पा २ बाट यसअघि निर्माता समूहले अभिनेता अल्लु अर्जुनको पनि दमदार रुप भएको तस्बिर सार्वजनिक गरेको थियो।
चलचित्रको पहिलो भागले विश्वभर ३७५ करोडभन्दा बढीको आम्दानी गरेको थियो।
प्रकाशित: २६ चैत्र २०८० ११:०७ सोमबार