७ वैशाख २०८१ शुक्रबार
भिडियो

पार्टी विवादको मुख्य कारक अध्यक्ष ओली : नेता नेपाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले अहिले पार्टीको विवादको मुख्य कारक भने कै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली रहेको बताएका छन्। नागरिक न्यूजको फ्रन्टलाईन कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन्। ‘अहिलेको विवादको कारण नै प्रधानमन्त्री हो। निकास पनि उहाँले नै दिनु पर्छ।

 प्रधानमन्त्री आफैले मन र भावना बुझ्नु पर्छ। प्रचण्ड कमरेडले अघि सारको १९ पानाको प्रस्ताव छलफल गर्न योग्य छैन् भनेर उहाँ आफैले अर्काे १० पनाको प्रस्ताव ल्याउनु भयो। त्यो विल्कुल ठिक होइन। उहाँलाई बैठक बस्नु पनि सबैले विन्ती लाउनु पर्छ। यसरी कसरी निष्कर्ष निस्किन्छ ?’, उनले भने। पार्टी कसैको एकल बर्चस्वमा चल्ने वा प्राइभेट कम्पनीको रुपमा चलाउन नपाइने नेपालले बताए। ‘कसैको एकल बर्चस्वको रुपमा चलाउने की प्राइभेट कम्पनीको रुपमा चलाउने हो ? यो विषयमा गम्भीर भएर सोच्न पर्ने आवश्यक भएको छ ।पार्टी एक दुई जनाको चोचो मोचो मिलाएर चलाउने होइन’, उनले भने।

 ‘कुनै पनि पार्टीहरु विचार मिल्दा पुर्नगठन हुन्छ र विचार नमिल्दा फुट्छ पनि यो कुनै नौलो कुरा होइन। यो जुनसुकै पार्टीमा पनि लागु हुन्छ। हाम्रो पार्टीमा पनि ठूलो सैधान्तिक मत बाँझिएको छैन्। कस्तो पार्टी बनाउने भन्ने नै अहिले मुल कुरा हो’, नेता नेपालले  थपे। 
नेता नेपालले पार्टी भित्रका समस्यालाई कमिटीभित्र प्रस्ट राखेर अघि बढ्नु पर्ने बताए। ‘सबै स्थायी कमिटीका सदस्यहरुले मन लागेको कुरा ओकाल्नुस्। सबैले आफ्नो मन लागेको कुरा ओकाल्नुस्। पार्टीको बैठकमा सबै कुरा रान्नु पर्छ। बैठक भनेपछि एलर्जी भएको छ। कसरी निष्कर्ष निस्किन्छ ?’ ‘पार्टीलाई क्रान्तिकारी चरित्र भएको बनाउन लागिएको हो, पद हानथापको विवादमा अल्झिएको होइन’, उनले भने, ‘मैल वा प्रचण्ड जीले पद खोजेर विवाद चुलिएको होइन। पार्टी कस्तो बनाउने भन्ने विषयमा विवाद चुलिएको हो।’

 

प्रकाशित: २४ मंसिर २०७७ १४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App