३० असार २०७७ मंगलबार
भिडियो

खेलकुदको कुल बजेट ३ अर्ब ९९ करोड, मूलपानी क्रिकेट मैदानका लागि १० करोड

काठमाडौं– सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि ३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ। सरकारले बुधबार संघीय संसदमा प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद क्षेत्रका लागि ३ अर्ब ९९ करोड बजेट विनियोजना गरिएको उल्लेख गरिएको हो।

अर्थमन्त्री खतिवडाले १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको जानकारी दिए।

काठमाडौंको मूलपानीमा निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट मैदानका लागि १० करोड तथा प्रदेश तहको सहलगानीमा सबै प्रदेशमा सुविधा सम्पन्न १/१ वटा रंगशाला र प्रदेश र स्थानीय तहको सहलगानीमा सबै स्थानीय तहमा १/१ वटा खेल ग्राम स्थापनाका लागि ४० करोड बजेटको व्यवस्था पनि गरिएको छ। त्यसैगरी क्रिकेट क्षेत्रको विकासका लागि क्रिकेट एकडेमीको स्थापना गर्ने योजना पनि बजेटमा समावेश गरिएको अर्थमन्त्री खतिवडाले बताए।

 

प्रकाशित: १५ जेष्ठ २०७६ १८:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App