२७ पुस २०८१ शनिबार
image/svg+xml
भिडियो

कतारको विकासमा नेपालीको ठूलो योगदान छ : राजदूत हेल

काठमाडौं – नेपालका लागि कतारी राजदूत युसुफ विन अल हेलले कतारको विकासमा नेपालीको ठूलो योगदान रहेको बताएका छन्। विश्वको सबैभन्दा धेरैप्रति व्यक्ति आय भएको मुलुक कतारको प्रगतिमा नेपालीको महत्वपूर्ण भूमिका रहेको उनको भनाई छ।

सन् २०२२ को विश्वकप फुटबल आयोजक राष्ट्र कतारमा भौतिक संरचना निर्माण गर्न नेपालको ठुलो साथ र सहयोग रहेको भन्दै उनले कतारले पनि नेपालको विकासमा सघाउने प्रतिबद्धता जनाए। नागरिक न्युजसँग कुरा गर्दै राजदूत हेलले केही समयअघि राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका बेला सुरक्षा तथा कृषिको क्षेत्रमा मिलेर अघि बढ्ने समझदारी भएको स्मरण गर्दै समझदारीले दुई देशको सम्बन्धमा नयाँ आयाम थपेको बताए। 

कतारले आप्रवासी कामदारको हक अधिकार र रक्षाका निम्ति थुप्रै कानुन परिमार्जन गरेको जानकारी दिँदै उनले नेपालले पनि आफूले विकासको बाटोमा अघि बढाउन केही कानुन परिमार्जन गर्न सुझाए। 

‘नेपालीले कतार बनाउन सहयोग गरे, अब कतार नेपालको विकासमा सहयोगी बन्न चाहन्छ’, राजदूत हेलले भने। नेपालमा प्रचुर सम्भावना रहेको औल्याउँदै राजदूत हेलले भने, ‘पर्यटन, जलस्रोत, कृषि जस्ता थुप्रै क्षेत्रहरु छन् जहाँबाट नेपालले राम्रो आम्दानी गर्न सक्छ।’ वर्तमान सरकारलाई कतारको पूर्ण साथ र समर्थन रहेको उल्लेख गर्दै राजदूत हेलले विकासका निम्ति स्थिर सरकार आवश्यक रहेको र त्यस्तो सरकारलाई जनताले पनि साथ दिनुपर्ने बताए। 

कतारले आप्रवासी कामदारको हक अधिकार र रक्षाका निम्ति थुप्रै कानुन परिमार्जन गरेको जानकारी दिँदै उनले नेपालले पनि आफूले विकासको बाटोमा अघि बढाउन केही कानुन परिमार्जन गर्न सुझाए। 

कतार खुल्ला अर्थतन्त्र मुलुक भएको बताउँदै उनले कतारमा जो कसैले पनि लगानी गर्न सक्ने बताए। एक वर्षअघि छिमेकी मुलुकले लगाएको नाकाबन्दीको कुनै असर कतारलाई नपरेको उल्लेख गर्दै राजदूत हेलले कतार झन् आत्मनिर्भर र स्वतन्त्र मुलुक बनेको अनुभव सुनाए।

नेपाल आफ्नो दोस्रो घर जस्तै भएको अनुभव सुनाउँदै राजदूत हेलले कुराकानीका क्रममा नेपाली जनता र नेपाली संस्कृतिको खुलेर प्रशंसा गरे। ‘हरेक परिस्थितिसँग समान व्यवहार नै नेपालीको विशेषता भन्ने मैले यहाँ देख्न पाएँ’, नेपालीको प्रशंसामा उनले आफ्ना भनाई खर्चिए।

प्रकाशित: ६ पुस २०७५ ११:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App