'सिइओ एइच समलिङ्गी जोडीको समान अधिकारविरुद्धमा छन्', ओकेक्युपिडले भनेको छ- 'त्यसैले हाम्रा प्रयोगकर्तालाई मोजिला नरोज्न आग्रह गर्दछौं।'
सोसल नेटवर्किङ, फ्रेण्डसीप, इन्स्टेन्ट मेसेज सुविधा समेत भएको ओकेक्युपिडलाई प्रभावशाली डेटिङ साइट मानिन्छ। २० लाख बढी सक्रिया प्रयोगकर्ता रहेको दाबी गर्ने ओकेक्युपिड सन् २००७ मा टाइम म्यागेजिनको टप टेन डेटिङ साइटमा परेको थियो।
फायरफक्सले आरोप सत्य नभएको उल्लेख गरेको छ। 'ओकेक्युपिडले सूचना सार्वजनिक गर्नु अघि तथ्य पुष्टि गर्न सम्पर्क गरेको छैन', उसले भनेको छ- 'फायरफक्स समलिङ्गी विवाह सहित सबैलाइ समान सहयोग गर्छ।'
जाभा स्क्रिप्टका इन्भेन्टर एइच २४ मार्चदेखि ओपनसोर्स ब्राउजर फायरफक्सको नयाँ सिइओ नियुक्त भएका थिए। उनी सन् २००८ मा क्यालिफोर्नियामा भएको समलिङ्गी विवाहविरुद्धको अभियानमा सहभागी भएको आरोप ओकेक्युपिडको छ। सो अभियानलाई उनले १ हजार डलर दान गरेको आरोप लगाइएको छ।
ओकेक्युपिड अपिलले अमेरिकामा ठूलो तरंग ल्याएपछि मोजिला सिइओ एइचले प्रतिक्रिया सार्वजनिक गरेका छन्। 'मोजिला सबै लिङ्ग, उमेर, वर्ण, जाति, आर्थिक हैसियत र धर्म मान्नेहरुको खुला मञ्च हो', उनले भनेका छन्। आफ्ना कर्मचारीहरुका समलिङ्गी यौनसाथीको इन्योरेन्स सहितका सुविधा नीतिमा कुनै परिवर्तन नगरिने आश्वसन पनि उनले दिएका छन्।
विश्वभरिबाट वेब ब्राउजिङ गर्नेमध्ये मोजिला चलाउने २२ प्रतिशत छन्। जर्मनी, इन्डोनेसिया, पोल्यान्डमा मोजिला सबैभन्दा बढी प्रयोग हुन्छ।
यस्तो छ ओकेक्युपिडको अपिल
प्रकाशित: १८ चैत्र २०७० ०३:१२ मंगलबार