कसरी हुन्छ ह्याकिङ
नोलले यस प्रकारको खतराको पहिलो जानकारी आफ्नो बर्लिनस्थित कम्पनी सुरक्षा अनुसन्धान प्रयोगशालाको वेबसाइटमा जारी गरेको बताएका छन् ।सिम (सस्क्राइबर आइडिन्टिटी मोड्यूल) कार्ड ले प्रयोगकर्ताकोे नेटर्वकसँग जोडिएको उसको पहिचानको प्रमाणित गर्छ । यसमा केही मात्रामा डाटाहरु पनि रहने गर्छन् । म्यासेज, सम्पर्क नम्बर तथा केही ऐप्लिकेशनसँग सम्वन्धित जानकारीहरु यसमा हुन्छन् । यो कार्डमा बैंकिग सेवा सँग जोडिएको जानकारी समेत हुने गर्छ । नोलले भनेका छन् कुनै उपकरणबाट सन्देश पठाएर प्रयोगकर्ताको पासवर्डको पत्ता लगाउने बाटो उनीहरुले पहिल्याएका छन् । उनका अनुसार धेरै जसो फोनको फर्जी हस्ताक्षरको पहिचान गरी सम्पर्क काटिन्छ तर एक चौथाईले भने एरर म्यासेजको रिप्लाई गर्छन् जसमा सिमको पासवर्डको केही अंश हुन्छ । अफ्रिकामा मानिसहरु बैंक सेवाको लागि मात्र सिम कार्ड सुरक्षा प्रणाली अपनाउने गर्छन् ।
यो प्रणाली केही समय सुरक्षित मानिए पनि यसको कोड पत्ता लगाउन सजिलो भै सकेको नोलको भनाइ छ ।
उनले भनेका छन् ह्याकरसँग यो जानकारी एक पटक हात प¥यो भने यो प्रोग्रामिङ भाषा 'जाभा' मा लेखेर सिमको डाटा डाउनलोड गर्न सक्ने छन्। उनीहरुले सिमबाट तपाईको निगरानी पनि गर्न सक्ने तर्फ पनि उनले सचेत गराएका छन् ।
अपरेटरहरुले भने ३ जी वा ४ जी कलमा यो सम्भव नभएको दाबी गरेकाछन् । तर सिमकार्ड सम्म पहुँच भयो भने यो पनि सम्भव हुने छ नोलको भनाई छ । नोलको शोधका अनुसार १० सिम मध्ये ८ सिम कार्डमा यस प्रकारको खतरा रहेको छ ।
प्रकाशित: ९ श्रावण २०७० ०५:३० बुधबार





