१७ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

कुलमानलाई नेकपा नेताको आह्वान: घर फर्कनुहोस्, प्रधानमन्त्री प्रचण्डले बनाउँछन्

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता सरल सहयात्रीले उज्यालो नेपाल पार्टी(उनेपा)का संरक्षक कुलमान घिसिङलाई ‘घर फर्कन’ आह्वान गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सँग उनेपाको एकता भाँडिएपछि नेकपा नेता सहयात्रीले यस्तो आह्वान गरेका हुन्।

‘प्रिय कुलमानजी, सद्भावका साथ तपाईँलाई अनुरोध छ– आफ्नो घर फर्कनुहोस्,’ सहयात्रीले लेखेका छन्, ‘आत्म केन्द्रित अहंकार त्यागेर प्रतिबद्धतामा खडा भए तपाईँलाई प्रधानमन्त्री नेपाली कम्युनिस्ट पार्टी र कमरेड प्रचण्डले नै बनाउनुहुन्छ।’ 

नेकपा संघियता, समानुपातिक, समावेशिता एवं धर्मनिरपेक्षता र गणतन्त्रको पिता रहेको उनले दाबी गरेका छन्। उनले अगाडि लेखेका छन्, ‘आफ्ना पिता अलिक बुढा हुनुभयो भनेर मित बालाई असली पिता ठानिहाल्नु हुन्न। आफ्नो घरको रङ्ग पुरानो भयो भनेर छिमेकीकहाँ शरण लिन कुदिहाल्नु पनि हुँदैन। पक्कै महसुस गर्नुभयो होला!’ 

अझै समय दुई दिन बाँकी रहेको उल्लेख गर्दै सहयात्रीले लेखेका छन्, ‘बत्तीको चिमले आफैँ उज्यालो दिने होइन, विद्युत् उत्पादन गर्ने पावर हाउस नेपाली कम्युनिस्ट पार्टी हो बिचार गर्नुस्।’

प्रकाशित: २६ पुस २०८२ १५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App