एरेना बुस्टिंग
वर्ल्ड अफ वारक्राफ्ट अनलाइन गेम करिब एक करोड मानिसले खेल्छन्। दैनिक १२ घण्टा भन्दा बढी यही गेममा झुन्डिने मानिस पनि छन्। त्यसैले यो गेममा आफ्नो अलग पहिचान बनाउन कठिन छ। यो खेलको नियम विपरित पैसा लिएर स्कोर बढाइदिने धेरै 'एरेना बूस्टर' छन्। जसले माथिल्लो स्कोर प्राप्त गर्नको लागि मद्दत गर्ने छन्। एरेना बूस्टर बढी स्कोर गर्न नसक्नेको बदलामा गेम खेल्छन् र मानिसलाई माथिल्लो स्कोरमा पुर्याादिन्छन्। यसको बदलामा उनीहरुले थोरै फी भने लिने गर्छन्।पूर्ब एरेना बूस्टर फिलिप बारबुन सम्झन्छन्- 'किशोरावस्थामा जब म यो खेलेको टप रेटेड प्लेयर थिएँ त्यो बेला धेरै मान्छे मद्दतको लागि खबर पठाउँथे। संसार भरबाटै खबर आउने गरथ्यो। पहिला पहिला त म यत्तीकै मानिसहरुको लागि सहयोग गर्न चाहन्थे। पछि यसको बदलामा पैसा लिन थालेँ।'
उनी सँग सहयोग माग्नेहरु धेरै जसो धनी मानिसहरु थिए। उनीहरु साउदी अरब जस्ता गल्फ मुलुकका धनाढ्यहरु थिए। फिलिप अहिले २५ बर्षका भए। एक समय उनीसँग दश जनाले काम गर्थे। उनीहरुले एक ग्राहकसँग १३० देखि ४२० पाउण्डसम्म लिने गर्थे।
फेसबुक-ट्विटर अपडेट गर्ने खेताला
डेन कोबेन मार्केटिंग एजेंसी एफएसटी ग्रुपमा सोशल मिडिया विशेषज्ञ हुन्। उनी एक समय ग्राहकको सोशल मिडिया एक्टिभिटी गर्ने काम गर्थे। एक समय यस्तो पनि थियो एकै साथ १५ मानिसको अकाउन्ट चलाउथे।'केही मानिस यस्ता हुन्छन् जो आफैँमा ब्राण्ड हुन्', एनले भन्छन्- प्रोफाइलमा मुस्कान देखाउने वा नदेखाउने या गम्भीर देखाउने या न देखाउने भन्ने यस्ता कुराले यस्ता मानिसको जीवनमा प्रधानता पाउँछ।' उनीहरुका लागि यस्ता कम्पनीले काम गर्छन्। उनीहरुले सामाजिक संञ्जाल फेसबुक तथा ट्विटरको लागि पनि काम गर्छन्।
तस्वीर सुधार्ने पनि छन्
जेम ब्रेडलीले कम खर्चमा तस्वीर सुधार गर्ने काम सुरु गरेका छन्। उनले एक फोटोलाई राम्रो बनाउनको लागि १० पाउण्ड शुल्क लिन्छन्। केही मानिस आफ्ना पूराना तस्वीरको नयाँ बनाएर सोशल मीडियामा सेयर गर्न चाहन्छन्। तस्विरलाई राम्रो बनाउनको फोटो बुझेको मान्छेको आवश्यकता पर्छ। यसको लागि उनीजस्ता मानिसले सहयोग पुर्यााउँछन्। पुराना तस्वीर जो बिग्रनै लागेका हुन्छन् त्यस्ता तस्वीरहरुलाई सुधार गर्नु उनको काम हो। उनका अनुसार तस्वीरको सुधार गर्नको लागी युवाहरु भन्दा उमेर ढल्केका मानिसहरु आउने गर्छन्।प्रकाशित: ७ श्रावण २०७० ०४:४१ सोमबार





