कुनै पनि ग्राहकले आफनो मेन व्लालेन्सबाट रु.२० भने सो ग्राहकले रु.४० बराबरको डबल रकम प्राप्त गर्न सक्छ। यसरी पाएको रकमलाई ग्राहकहरुले एनसेल नेटवर्कभित्र फोन, एसएमएस.एमएमएस साथै इन्टरनेटको लागि ७ दिन भित्रमा प्रयोग गर्न सक्छन्।
आठ हप्तासम्मको लागि लागु हुने यस योजनामा सहभागि हुनको लागि ग्राहकहरुले एनसेलको कुनैपनि नम्वरवाट १२१२ फोन तथा एमएमएस गरि अथवा ८१२१२३ वाट विस्तृत जानकारी प्राप्त गर्न सक्छन् भने त्यहि निर्देशन अनुसार यस योजनामा सहभागि हुन सक्नेछन्।
ग्राहकले यस योजनाको सुविधा प्रयोग गरेर एनसेलको नेटवर्क भित्र अझ धेरै सुविधा प्रयोग गर्न सक्छन्। एनसेलकी कर्पोरेट कम्युनिकेशन निर्देशक सन्जु कोइरालले भनिन्।
हरेका हप्ता यो सेवा आफै पुनः दर्ता हुन्छ र यदि ग्राहकहरुले कुनैपनि समयमा यो सेवालाई वन्द गर्न चाहेमा मोवाइलको मेसेज वक्समा 'आर' लेखेर १२१२ पठाउन सकछन्। ग्राहकहरुले हरेक हप्ता एसएमएसको माध्यमद्धारा योजनाको जानकारी पनि पाउन सक्छन्।
यो योजना आगामी माघ २२ गतेबाट लागू हुनेछ।
प्रकाशित: २० माघ २०६९ ०३:५२ शनिबार





