तीन महिनाका लागि यो महसुलमा ५० प्रतिशत छुट दिने प्रस्ताव टेलिकमले राखेकोमा प्राधिकरण कार्यसञ्चालन समितिको सोमबार बसेको बैठकले त्यसलाई स्वीकृत गरेको हो।
हामीले टेलिकमको प्रस्ताव अनुसारै प्रवर्द्धनात्मक छुटलाई स्वीकृत गरेका छौं,' प्राधिकरणका निमित्त प्रमुख एवं वरिष्ठ निर्देशक आनन्दराज खनालले भने। गाउँ विकास समितिहरु र गाविसकै सिफारिसमा अर्को एक स्थानमा समेत टेलिकमले ५० प्रतिशत छुट दिने भएको छ।
छुटअनुसार आउँदो तीन महिनाका लागि ५ जिबी डाटाका लागि तीन सय २५ रुपैयाँ पर्नेछ। एक एमबिपिएसको स्पिडमा ६० जिबी डाटा लिनेले दुई हजार पाँच सय ९५ रुपैयाँमात्र तिरे पुग्छ।
बैठकले टेलिकमले कर्पोरेट हाउसहरुको लागि दिन लागेको आइएसडिएन सेवाको महसुलसमेत स्वीकृत गरेको छ। यो सेवाअन्तर्गत ३० वटासम्मको एक्सचेन्ज प्रयोग गर्न मिल्छ।
प्रकाशित: २७ कार्तिक २०६९ १२:३९ सोमबार





