२० माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस विशेष महाधिवेशन: पहिलो दिन २,६६२ प्रतिनिधिद्वारा नाम दर्ता

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्।

विशेष महाधिवेशन सचिवालयका तर्फबाट युवराज पाण्डेयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार आइतबार साँझसम्म कुल प्रतिनिधिको ५६ प्रतिशतभन्दा बढीले सहभागिता जनाउँदै नाम दर्ता गराएका हुन्। कांग्रेसमा हाल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि कायम छन्।

आइतबारको उद्घाटन सत्र र नाम दर्ता प्रक्रिया अत्यन्त उत्साहजनक र भव्यतापूर्वक सम्पन्न भएको सचिवालयले जनाएको छ। सचिवालयले उपलब्ध गराएको प्रदेशगत विवरण अनुसार सबैभन्दा बढी मधेश प्रदेशबाट ४४६ जना र सबैभन्दा कम कर्णाली प्रदेशबाट १३४ जनाले नाम दर्ता गराएका छन्।

सचिवालयका अनुसार आज छुट भएका प्रतिनिधिहरूका लागि भोलि (सोमबार) बिहान ८:०० बजेदेखि पुनः दर्ता प्रक्रिया सुरु गरिनेछ।

No description available.

प्रकाशित: २७ पुस २०८२ २१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App