होस पुर्याएर यसको प्रयोग नगरे सेनाका कारबाहीहरुको सुरक्षामा खराब असर पर्न सक्ने चेतावनी सूचनामा छ।
वायु सेनामात्र हैन अब समग्र अमेरिकी सेनाले पनि यस्तै खालको सूचना जारी गर्ने तयारी गरिरहेको छ।
जीपीएस सुविधा जडित ब्ल्याकबेरी र अन्य मोबाइल उपकरण प्रयोगगर्दा फेसबुक लगायतका सोसल नेटवर्किङका साइटमा प्रयोगकर्ता रहेको स्थानको बारेमा जानकारी सार्वजनिक हुने भएकोले शत्रुहरुले त्यसको उपयोग गर्नसक्ने तर्फ सेनाले ध्यानाकर्षण गराएको हो।
अफगानिस्तानमा ९५ हजार र इराकमा ५० हजार अमेरिकी सेना तैनाथ छन्। (एजेन्सी)
प्रकाशित: २ मंसिर २०६७ ०३:२६ बिहीबार





