१५ चैत्र २०८० बिहीबार
प्रविधि

जनवरीमा सामसुङले एस ९ सार्वजनिक गर्दै

कोरिया– स्मार्टफोन निर्माता कम्पनी सामसुङले ग्यालेक्सी एस सिरिजको नयाँ मोडल एस नाइन र एस नाइन प्लसको सार्वजनिक गर्ने तयारी गरेको छ ।
सामसुङका आधिकारिक विभिन्न कम्पनीहरूले आगामी जनवरी महिनामा उक्त मोडलका स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको हो । एस नाइन प्लसमा ड्युल क्यामारा सेटअप र एस नाइनमा भन्दा बढी ¥याम राखिएको छ ।
ग्यालेक्सी एस नाइनमा ४ जीबी ¥याम हुनेछ भने नाइन प्लसमा ६ जिबी ¥याम हुनेछ । उक्त स्मार्ट फोनमा पुरानो स्मार्टफोनमा रहेको फिगंर प्रिन्टको समस्या पूर्णरुपमा समाधान गरिने जानकारी उक्त कम्पनीले गरेको छ ।
नयाँ ह्यान्डसेटहरुमा १० नानोमिटरको चिपसेट प्रयोग गरिने र आन्तरिक स्टोरेज ६४ जिबी सम्म हुने दाबी सामसुङ कम्पनीको रहेको छ ।

 

प्रकाशित: ११ मंसिर २०७४ ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App