नेतृत्व हस्तान्तरणको प्रश्नमा दाहाल आक्रोशित: तपाईँको प्रश्नले तानाशाहलाई मद्दत गर्छ
‘जो निरङ्कुश छ, जो तानासाही चरित्रको छ। उसको लागि प्रचण्ड आँखाको कसिङ्गर भएको छ,’ उनले भने,‘तपाईँ पत्रकार साथीहरूले पनि यो कुरा नबुझेर कति तँ मात्रै बसेको भन्नुभयो भने प्रकारान्तरले तपाईँको नियतमाथि मलाई शङ्का छैन। तपाईँहरूले तानाशाहलाई नै मद्दत गरेको हुन्छ। तपाईँले यो कुरा किन नबुझेको ?’