२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml

धनकुटामा अब मतगणना हुँदै

धनकुटाकाे सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीकाे अनुसार मतगणनाकाे तयारी अन्तिम चरणमा पुगेकाे छ।

कास्की ३ मा रास्वपाकी बिनाको अग्रता कायमै

कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी बिना गुरुङको अग्रता कायमै छ। उनले अहिलेसम्म ७ हजार ५ सय ९१ मत ल्याएर अग्रस्थान ओगटेकी छिन्।

दाङ–१ मा रास्वपाको अग्रता कायमै

रास्वपाका उम्मेदवार देवराज पाठकले ५ हजार ९ मतका साथ अग्रता कायमै गरेका हुन्।

काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शना विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी छन्।

चितवन–३ मा सोविताको अग्रता कायमै, रेनु १९६० मतले पछाडि

चितवन क्षेत्र नम्बर–३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले अग्रता कायमै गरेकी छिन्।

कास्की–३ मा रास्वपाका गुरुङको दोब्बर अग्रता

कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता दोब्बर बनाएको छ।

ललितपुर-१ मा कांग्रेसका उदयको अग्रता कायमै

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर जिल्लाको क्षेत्र नम्बर १ मा प्रारम्भिक मतगणनामा उदयशम्शेर राणाको अग्रता कायमै छ।

संखुवासभामा बेलुकीसम्म मतपेटिका संकलन पूरा हुँदै

संखुवासभाकी प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाकाे अनुसार आज दिनभर मतपेटिका संकलन हुने भएकाे छ।

कैलाली–४ को मतगणना सुरु

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ। सर्वदलीय बैठकपश्चात यहाँको गणना सुरु गरिएको हो।

रुकुमपूर्वमा ३ हजार ६६९ मतसहित प्रचण्ड अग्र स्थानमा

रुकुमपूर्वमा ६ हजार ११५ मतगणना हुँदा नेपाली कम्युनिष्ट पाटी (नेकपा) का संयोजक पुष्पकमल दाहाल अग्र स्थानमा छन्।

भाेजपुरमा सर्वदलीय बैठक बस्दै

भाेजपुरकाे प्रमुख जिल्ला अधिकारी राजन पाैडेलकाे अनुसार ११ बजे सर्वदलीय बैठक बस्ने भएकाे छ।

साेलुखम्बुमा मतपेटिका सकंलन हुँदै

साेलुखम्बुकाे जिल्लाकाे मतपेटिका सकंलन भइरहेकाे छ। प्रमुख जिल्ला अधिकारी लीला केसीकाे अनुसार मतपेटिका सकंलन भएपछि सर्वदलीय बैठक बसी मत गणना सुरु हुनु भएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्