चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे
चार दिनदेखि व्यापक चिसो बढेर शीतलहर सुरु भएसँगै उदयपुरमा जनजीवन प्रभावित भएको छ। चिसो बढेपछि विभिन्न विद्यालयमा खासगरी आधारभूत तहका विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको सम्बन्धित विद्यालयका शिक्षकहरू बताउँछन्।