२१ पुस २०८१ आइतबार
image/svg+xml

भलिबल रेफ्रीको पारिश्रमिकमा घोटाला

कर्णालीमा जारी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा रेफ्रीको पारिश्रमिकमा घोटाला भएको तथ्य बाहिर आएको छ। आठाैं राष्ट्रिय खेलकुदका लागि प्रदेशस्तरीय छनोट खेलअन्तर्गत कर्णालीको जाजरकोटमा महिला तथा सल्यानमा पुरुष भलिबल प्रतियोगिता आयोजना भएका थिए।

अख्तियार र आयोग दुवै हराए

पुस १९ गतेको मन्त्रिपरिषद् बैठकले आयोग बनाएर वाइड बडी घोटालाको अनुसन्धान गर्न पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टर्ड एकाउन्टेन्ट मदन शर्मा सहितको तीन सदस्यीय आयोग गठन गरेको थियो।

दाहालले बोलपत्र अाह्वान गरे, अोलीले जहाज ल्याए, मेरो दोष छैन: देउवा

देउवाले भने, 'पुष्पकमल दाहाल प्रधानमन्त्री रहँदा जहाज किन्न बोलपत्र अाह्वान भएको र अोली प्रधानमन्त्री हुँदा जहाज खरिद भएको हो।'

अख्तियारद्वारा खड्का विरुद्ध मुद्दा दायर: अकुत सम्पत्ति आर्जेको आरोप (आरोप पत्रसहित)

इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काले साढे १८ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ।

वाइड बडी प्रकरण : छानबिन प्रतिवेदनमा छलफल नहुँदै आयोग

संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइड बडी घोटाला विषयमा तयार गरेको प्रतिवेदनमाथि छलफल हुन नपाउँदै सरकारले छानबिन आयोग गठन गरेको छ।

वाइड बडी किन्दा चार शीर्षकमा घोटाला

नेपाल वायुसेवा निगलले खरिद गरेको दुइटा वाइड बडी जहाजमा चार शीर्षकमा मोटो रकम घोटाला भएको देखिएको छ। छानबिन गर्न बनेको संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले चार शीर्षकमा चार अर्ब ३५ करोड ५६ लाख घोटाला भएको ठहर गरेको हो।

वाइड बडीमा साढे चार अर्ब घोटाला

संसदीय छानबिन उपसमितिले नेपाल वायुसेवा निगमका दुईवटा वाइड बडी विमान खरिदमा चार अर्ब ३५ करोड ५६ लाख रुपैयाँ घोटाला भएको ठहर गरेको छ। उपसमितिले घोटालामा संलग्न भएको भन्दै पूर्व दुईसहित बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई कारबाही सिफारिस गरेको छ।

वाइड बडी खरिदमा चार अर्ब घोटाला

संसदीय उपसमितिले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरिदमा झन्डै चार अर्ब रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको छ। वाइड बडी विमान खरिद सम्बन्धमा छानबिन गर्न बनेको संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले जहाज खरिदमा झन्डै चार अर्ब रुपैयाँ घोटाला भएको निष्कर्ष निकालेको हो।

भारतका अर्थमन्त्री भन्छन् : राफेल विमानको खरिद रोकिँदैन

भारतीय अर्थमन्त्री अरुण जेट्लीले फ्रान्सेली लडाकू विमान राफेलको खरिद सम्झौतामा कुनै पनि किसिमको घोटाला नभएको दाबी गरेका छन्। उनले राफेल विमानको मूल्य बढी वा कम भएको भन्ने बारेमा भारतीय महालेखा परीक्षकले जाँच गर्न सक्ने बताए। उनले विपक्षीहरुले लगाएको आरोपमाथि सत्यता नभएकाले खरिद सम्झौता रद्द नहुने स्पष्ट पारे।

जनता आवास कार्यक्रमकाे रकममा हिनामिना

जनता अवास कार्यक्रम अन्तर्गतकाे रकममा घोटाला भएको खुलासा भएको छ। शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय डोटीबाट तेस्रोे किस्ता रकम निकासा गर्दा रकम घोटाला भएको हो।

नेपाल ट्रस्ट घोटाला अख्तियारमा

राज्यलाई पाँच अर्ब रुपैयाँ घाटा हुने गरी नेपाल ट्रस्टको कार्यालयले निजी कम्पनीलाई जग्गा भाडामा दिएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । ट्रस्टको आर्थिक मूल्यांकन समितिको निर्णयविपरीत कम मूल्यमा जग्गा लिजमा लिएको कम्पनीले दरबारमार्गस्थित जग्गामा भवन निर्माणलगायत काम भने रोकेको छैन ।

विहारका मुख्यमन्त्री लालु यादव चारा घोटालामा दोषी ठहर

भारतको विहार प्रदेशका मुख्यमन्त्री लालुप्रसाद यादवलाई प्रहरीले हिरासतमा लिएका छन्। सिबिआइको विशेष अदालतले चारा घोटालामा दोषी करार गरेपछि प्रहरीले हिरसातमा लिएको हो। उनलाई अदालत परिसरबाटै हिरासतमा लिइएको थियो।

म्यादी प्रहरीको रासनमा घोटाला

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा भर्ना गरिएका म्यादी प्रहरीले ड्युटी गरेको अवधीमा खाएको खानामा घोटाला भएको भन्दै सोमबार दिनभर जसो दोलखामा कार्यरत म्यादी प्रहरीले जिल्ला प्रहरी नेतृत्वविरुद्ध आन्दोलन गरे।

खड्का बर्खास्त

चारवर्षे कार्यकालका लागि नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गोपाल खड्का ‘आर्थिक अनियमिततामा लिप्त हुँदा’ आफ्नो पदावधि नपुग्दै पदबाट बर्खास्त भएका छन् । सडक डिभिजनबाट अवकाश लिएपछि निगमको नेतृत्वमा आएका खड्काले इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेपछि सरकारले वर्खास्त गर्ने निर्णय गरेको हो।

अन्ततः गोपाल खड्का बर्खास्त

नेपाल सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदमुक्त गरेको छ । कार्यकारी निर्देशक खड्काले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमिता गरेको ठहर गर्दै सोमबार बसेको मन्त्री परिषद बैठकले कार्यकारी निर्देशक खड्कालाई पदमुक्त गरेको सूचना तथा संञ्चार मन्त्री मोहन बस्नेतले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्