१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml

आज काग तिहार

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ।

तिहारै आयो (फोटो फिचर)

तिहार नजिकिएसँगै फूलको व्यापार पनि बढेको छ। तिहारको लागि नर्सरीमा लगाइएको फूललाई बजारसम्म पुर्या उन किशानहरुलाई पनि भ्याई नभ्याई छ।

बाँकेमा फूलको माग बढ्यो

मागअनुसार उत्पादन नभएपछि बाँकेका सर्वसाधारणले काठमाडौं र भारतीय बजारबाट आयात गरिएको फूलहरु तिहारमा प्रयोग गर्नुपरेको छ।

तिहारको तीन दिन बैंक नखुल्ने

कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन्।

सुनसरीमा मंसिर ६ गतेसम्म निषेधाज्ञा, देउसी भैलो खेल्न पनि निषेध

जिल्ला प्रशासन कार्यालय सुनसरीले मंसिर ६ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ।

तिहारमा भारतबाट फूल नल्याइने भएसँगै किसान हर्षित

वैदेशिक रोजगारमा पुगेका कतिपय युवाहरु गाउँ फर्केर बसेका छन्। नेपालमा तिहारका लागि अत्यावश्यक मानिने तिहारे फूल (सयपत्री) भारतबाट आउने गरेको थाहा पाएका किसान दामोदर घर्तीले भने व्यवसायिक फूल खेतीबाट मनग्य आम्दानी लिन थालेका छन्।

भक्तपुरका कुमाल समुदाय पाला बनाउन व्यस्त

बजारमा पालाको माग बढेसँगै भक्तपुरका कुमाल समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ।

यस वर्षको तिहारमा रानीपोखरी खुल्ने

पुनःनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ।

रमाइलो तिहार

झिलीमिली बत्ती, दियो, फूलहरू, रङ्गोली, लक्ष्मी देवीको वरिपरि बसेर खिचिक्क सेल्फी कति जनाले खिच्नुभयो ? पक्कै पनि तपाईको तिहार रमाइलो भयो होला।

छठमा बजार ‘चहलपहल’

दसैंतिहारमा समेत खास कारोबार नभएको भनी व्यवसायीहरूले बताइरहेका बेला छठले भने बजारलाई ‘गुल्जार’ बनाएको छ। रेडिमेड कपडादखि घिउचिनीसम्मका पसललाई ग्राहक सम्हाल्न भ्याइनभ्याइ छ। फलफूल, बाँस र माटोबाट बनेका भाँडाकुँडासँगै अरूबेला बजारमा खासै नदेखिने सामानहरूको बिक्री बढेको छ।

तिहार मनाई काठमाडाैं फर्कनेको सवारी साधनमा चाप

दसैं तिहार पछि कर्मथलो फर्कनेको घुँईचो बढेको छ। तिहार पछि सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा जाँत मेला पर्वको धार्मिक परम्परा अनुसार पुजाआजाको रौनक सुरु हुने भए पनि डडेल्धुरा लगाएत सुदूरपश्चिमबाट संघिय राजधानी काठमाडाैं फर्कनेको घुईचो सवारीका साधनमा निकै बढेको छ।

जुवाखालबाट प्रहरीको नाममा पैसा !

तिहारको रौनक सकिएपनि गोरखा सदरमुकाम र आसपासमा जुवाको रौनक एकादशी सम्म वर्षेनी हुन्छ। जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन र सदरमुकामको मुख्य बजारको आसपासका घरमा खुलेहाम दिनदिनै जुवा भईरहेको छ तर यसबारे प्रहरी, प्रशासन बेखबर छ।

प्रदेश एकमा तिहारमा मात्रै २९ जनाको मृत्यु

तिहारको अवधिमा भएका विभिन्न घटनामा प्रदेश १ मा २९ जनाको मृत्यु भएको छ। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार तिहारको अवधिमा  आत्महत्या र विभिन्न घटनामा परी २९ जनाले ज्यान गुमाएका छन्।

सेलिब्रिटीका तिहार थरीथरी

अधिकांश सेलिब्रिटीले सुटिङ र रेकडिङको चटारोबाट फुर्सद लिएर कुकुर पूजा, लक्ष्मी पूजा र भाइटिका मनाएका फोटो सामाजिक सञ्जालमा राखेका छन्। अभिनेता अनमोल केसीले तिहारको अन्तिम दिन भाइटिका मनाएको फोटो सामाजिक सञ्जालमा राखेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्