उपेन्द्र यादवलाई ५१ किलोको माला
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले क्रान्तिको कोर्ष बदलिएको बताएका छन्। मधेसीले मधेस प्रदेश पाइसकेकाले अब थप अधिकारको लागि संघर्षको रुप परिवर्तन गरेर आर्थिक विकासमा केन्द्रित हुन उनले जोड दिए्।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले क्रान्तिको कोर्ष बदलिएको बताएका छन्। मधेसीले मधेस प्रदेश पाइसकेकाले अब थप अधिकारको लागि संघर्षको रुप परिवर्तन गरेर आर्थिक विकासमा केन्द्रित हुन उनले जोड दिए्।
दुईदिने नेपाल भ्रमणका क्रममा अपराह्न काठमाडौं आइपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई अर्थ राज्यमन्त्री उदयसम्शेर राणाले स्वागत गरेका छन्।
सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम )का बर्खास्त डिन शशी शर्मालाई पदमा फर्कन आदेश दिएको छ।
‘खाट्मान्डु, जहाँ मान्छे, पशु, पत्थर र वृक्षहरू समेत ईश्वर मानिन्छन् । पहाडहरू तन्नेरी छन् अझै पनि तर निष्ठुरी छन् ।’ राजा महेन्द्रको शुभराज्याभिषेकमा काठमाडौँ आएकी प्रसिद्ध लेखक हान सुयिनको ‘द माउन्टेन इज योङ’ पुस्तकमा यस्ता वर्णनहरू भेटिन्छन् । तत्कालीन परिवेशको सुन्दर, सजीव र सरस चित्रण छ पुस्तकमा । उनले काठमाडौँ (काठमान्डु)लाई ‘खाट्मान्डु’ भनेकी छन् । प्रायः विदेशीहरू यस्तै उच्चारण गर्छन् ।
विगत ५ वर्ष सम्म घरको भान्सामा चाहिने खुर्सानीका लागि छिमेकीलाई माग्न र बजारमा किन्नको विकल्प नभएको फेदाप ३ ओयाक्जुङकी मालती जोगी अहिले आफैँ व्यापारी भएकी छिन् । देउराली सोसाइटीको सहजिकरणमा गाउँमा गठन भएको पाथिभरा महिला समूहमा आवद्ध भएकी मालती अहिले समूहको अध्यक्ष मात्र हैन अकबरे खोर्सानी व्यापारी समेत भएकी छिन्।
विमोचनको बिगबिगी व्यंग्य निबन्ध संग्रहभित्रका अन्तिम ३०औँ निबन्ध ‘मालाका कमाल’ व्यंग्यवाणमूलक अभिव्यञ्जना रहेको छ । व्यंग्य उपहासजनक अभिव्यक्तिको घोचक वाणको धारिलो प्रहार रहे–बनेको हुन्छ । घोचक अभिव्यक्ति रोचक पनि हुन सक्छ । घोचक प्रहारलाई रोचक बनाउन अभिव्यञ्जना सीप चाहिएको हुन्छ । त्यस्तो सीपको स्वरूप अनेक थरीका हुन सक्छन् । स्वरूप शब्दले लेखकीय व्यक्तित्वलाई इंगित गर्छ । लेखकीय व्यक्तित्वले स्वयं लेखकको आफ्नै सोच, विचार, अभिव्यक्ति मूलक मनसाय÷मनोवृत्ति क्षमता, आदि पक्षका अनेक आग्रहलाई अँगाल्छ, समेटिएको हुन्छ । व्यंग्यकार नरेन्द्रराज पौडेल केन्द्रीय नेपाली प्रशासन अन्तर्गत स्थानीय÷जिल्ला प्रशासन यन्त्रको प्रमुख जिल्ला अधिकारीको पदीय हैसियत सम्हाली निवृत्त भएका लेखक रहेका छन्।
झापा १ मा माओवादी नेता सुरेन्द्र (राम) कार्की बिजयी भएका छन् । सद्भाव एवं सौहार्द देखाउँदै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले कार्कीलाई पहिलो माला लगाईदिएर बधाई दिए ।
बाम गठबन्धनका शीर्ष नेताहरुले नेपालको विकास र राजनीतिक स्थिरताका लागि बामपन्थी बहुमतको सरकार आवश्यक भएको बताएका छन्। गठबन्धनले आज बागलुङको गल्कोटमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले पटक—पटक बहुमतीय सरकारको नेतृत्व गरेको काँग्रेसले जनताका पक्षमा कुनै पनि काम गर्न नसकेको बताए।
कालीगण्डकी नदीको राम्दीबाट हराएका युवाको शव सोमबार फेला परेको छ। बिहीबार राम्दी नदीमा नुहाउने क्रममा बेपत्ता बनेका बगनासकाली गाउँपालिका–२, पोखराथोकका २६ वर्षीय हरिबहादुर गाहाको शव रम्भा गाउँपालिकाको हुँगीस्थित असर्दीमा भेटिएको राम्दी प्रहरी चौकीले बताएको छ।
सर्वोच्च अदालतले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई पदबाट बर्खास्त गरिएको निर्णय कार्यान्वयन नगर्न/नगराउन मंगलबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय दीपकराज जोशी र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले दुवै पक्षको सुनुवाइपछि मंगलबार यस्तो आदेश दिएको हो।
आगमी मंसिर १० गते हुने निर्वाचनका लागि भोट माग्दै गाउँघरमा पुगेका वाम र लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई मतदाताले विभिन्न माग र गुनासो राख्न थालेका छन्।
स्वास्थ्यका लागि हानिकारक मानिएको कृत्रिम फूलको माला यस वर्ष तीस लाखभन्दा बढीको बिक्री भएको पाइएको छ। जिल्लामा व्यावसायिक फूल खेती नहुँदा काम चलाउनका लागि बाहिरबाट ल्याइएको प्लाष्टिकजन्य फूलको माला बिक्री भइरहेको छ। जिल्लामा सयपत्री, मखमली, गोदावरीलगायत फूल खेती गर्दा राम्रो उत्पादन हुने सम्भावना भए पनि व्यावसायिक रुप दिन नसक्दा कृत्रिम फूलको भर पर्नुपर्ने बाध्यता रहेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए।
तिहार नजिकिएसँगै परम्परागत रुपमा मखमली फूलखेती गर्ने ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ । तिहारको भाइटीकाका लागि मखमली फूलमाला उन्न चाँगुनारायण नगरपालिका– ९ को वनमाला समुदायका केटाकेटी, महिला र पुरुष माला उन्न र बजार पुर्याउन व्यस्त छन् ।
पानामाले पहिलो पटक विश्वकपको यात्रा पक्का गर्दा ट्रिनिडाड एन्ड टोबागोसँग अप्रत्याशित हार बेहोरेको अमेरिका छनोट चरणबाटै बाहिरिएको छ । कन्काकाफ छनोटको अन्तिम खेलमा कोस्टारिकामाथि २–१ को जित हात पार्दै पानामाले रूस विश्वकप २०१८ को यात्रा पक्का गरेको हो ।
सर्वोच्च अदालतले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई पदबाट हटाउनुका कारण पेश गर्न सरकारको नाममा कारण आदेश दिएको छ । न्यायाधीश दीपकराज जोशीको इजलासले साेमबार शर्मालाई हटाउनुका कारण देखाउन सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।