१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml
राजनीति

उपेन्द्र यादवलाई ५१ किलोको माला

रौतहट – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले क्रान्तिको कोर्ष बदलिएको बताएका छन्। मधेसीले मधेस प्रदेश पाइसकेकाले अब थप अधिकारको लागि संघर्षको रुप परिवर्तन गरेर आर्थिक विकासमा केन्द्रित हुन उनले जोड दिए्।

प्राप्त अधिकारलाई संस्थागत गर्दै मधेस प्रदेशलाई समृद्ध बनाउन हरेकले अब आफ्नो क्षेत्रबाट जुट्नुपर्ने बताउँदै नेता यादवले गरिबी, बेरोजगारी तथा पिछडापनसित संघर्ष गर्नु अहिलेको आवश्यकता भएको बताएका छन्।

रौतहटको गरुडा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेटको सार्वजनिकीकरण र प्रथम नगर सभाको समापन गर्दै यादवले मानवीय सूचकांकलाई आधार मानी सबैभन्दा तल रहेको प्रदेशलाई केन्द्रले सबैभन्दा बढी बजेट दिनुपर्ने तर्क गरे।

मधेसमा कागजमा विकास गरेर होटलमा बसेर गिलाससहितै पिउने गरी बजेट सिध्याउने प्रवृत्तिप्रति कडा व्यंग्य गर्दै नेता यादवले लोकतन्त्रको नाउँमा भइरहेको लुटतन्त्र र भ्रष्टतन्त्रविरुद्ध नागरिक जागरुक हुनुपर्ने बताएका छन्। मधेसका जातीय विद्वेष र घृणा व्याप्त रहेकोले समाजको प्रगति हुन नसकेको बताउँदै नेता यादवले व्यक्तिको गुण र क्षमताको कदर गर्न आग्रह गरेका छन्।

कार्यक्रममा नगरपालिकाको तर्फबाट मेयर इन्नु राय यादव, उपमेयर रंगीलादेवी जयसवाल लगायतकाले नेता यादवलाई ५१ किलोको माला लगाएका छन्।

भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकता दिई बजेट विनियोजन गरिएको गरुडा नगरपालिकाका मेयर इन्नु राय यादवले ३९ करोड ७२ लाख ४३ हजार रुपैयाको आयव्यय सार्वजनिक गरेका छन्।

प्रकाशित: २९ माघ २०७४ ११:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App