९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुष्मालाई अर्थराज्यमन्त्री राणाले गरे स्वागत

भारतीय विदेशमन्त्री स्वराजलाई विमानस्थलमा स्वागत गर्दै अर्थ राज्यमन्त्री राणा । तस्बिर : भारतीय विदेश मन्त्रालय

काठमाडौं – दुईदिने नेपाल भ्रमणका क्रममा अपराह्न काठमाडौं आइपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई अर्थ राज्यमन्त्री उदयसम्शेर राणाले स्वागत गरेका छन्।

अपराह्न साढे ४ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी स्वराजलाई नेपाल सरकारका तर्फबाट अर्थराज्यमन्त्री राणाले स्वागत गरेका हुन्। राणाका साथमा भारतीय राजदूत मञ्जिभसिंह पुरी, परराष्ट्र मन्त्रालयका अधिकारी, भारतीय दूतावासका कर्मचारीले स्वागत गरेका थिए।

कुटनीतिक प्रचलनअनुसार विदेशमन्त्रीलाई राज्यमन्त्रीले स्वागत गर्ने चलन छ। तर, भारतले नेपालका प्रधानमन्त्रीलाई समेत राज्यमन्त्रीबाट स्वागत गरेको इतिहास छ।

प्रकाशित: १८ माघ २०७४ ११:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App