असिनाबाट सुन्तलाका बोट जोगाउन जाली
कास्कीमा सुन्तलाका बोट जोगाउन योपटक नयाँ जुक्ति निकालिएको छ। त्यो हो, सुन्तलाका बोटलाई नै ढाक्नेगरि जाली प्रयोग गर्ने। सुन्तलाका बोटलाई जालीले ढाकेर असिनाबाट जोगाउने उपाय थालिएको छ। मान्छेले वर्षाबाट जोगिन छाता ओढेजस्तै सुन्तलाका रुखलाई जालीको छाता ओडाएर असिनापानीको मारबाट जोगाउने प्रयास गरेको किसानले बताएका छन्।