काठमाडौं उपत्यकामा यात्रुहरूको बढ्दो गुनासोका आधारमा ट्राफिक प्रहरीले चेकजाँच तथा कारबाहीका क्रम बढाएको छ । यात्रुवाहक बस, माइक्रोबस लगायत सवारी साधनमा विशेष चेकजाँच गरिएको हो ।
चेकजाँचका क्रममा यात्रुलाई जोखिमपूर्ण ढंगले यात्रा गराउने, लापरवाहीपूर्वक सवारी चलाउने, सवारीको ढोकामा यात्रु राख्ने तथा माइक्रोबसमा शरीरको आधा भाग बाहिर निकालेर यात्रा गराउने जस्ता गतिविधिमा संलग्न सवारी साधनमाथि कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यस्ता सवारी तथा चालक र सवारी धनीलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिएको छ। साथै, सुरक्षित यात्रा सुनिश्चित गर्न सम्बन्धित चालक तथा परिचालकहरूलाई सचेतना कक्षा समेत सञ्चालन गरिएको प्रहरीले जनाइएको छ।
प्रकाशित: ४ चैत्र २०८२ २१:१६ बुधबार





