४ चैत्र २०८२ बुधबार
image/svg+xml
शिक्षा

शैक्षिक मेलामा वैदेशिक अध्ययनको अवसर सुझाइने

वैदेशिक अध्ययनको अवसर जानकारी दिन आगामी चैत ७ गते शैक्षिक मेला सञ्चालन हुने भएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने मेलामा विद्यार्थीले अस्ट्रेलिया, क्यानडा, बेलायत र अमेरिकामा अध्ययनका अवसरबारे विस्तृत जानकारी लिन सक्ने आयोजक

गोरेटो एजुकेसन कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धिरज कँडेलले जानकारी दिए ।

कार्यक्रममा १५ भन्दा बढी कलेज तथा विश्वविद्यालयका प्रतिनिधि सहभागी रहने र उनीहरूसँग विद्यार्थीले प्रत्यक्ष रूपमा आफ्नो अध्ययन योजना, पाठ्यक्रम (कोर्स), छात्रवृत्ति, भर्ना प्रक्रिया र भिसा मार्गनिर्देशनबारे बुझ्न पाउने आयोजकले जनाएको छ ।

सो अवसरमा विद्यार्थीले आफ्नो रुचि र योजनाअनुसार उपलब्ध इनटेक तथा भविष्यका अवसरबारे परामर्श लिन सक्नेछन् । साथै, भर्ना र भिसा प्रक्रियाका साथै 'पीआर' सम्बन्धी जानकारी समेत कलेजका प्रतिनिधि तथा वरिष्ठ परामर्शदाताबाट प्राप्त गर्न सकिने बजार व्यवस्थापक प्रकाश रेग्मीले जानकारी दिए ।  

रेग्मीका अनुसार एउटै स्थानमा विभिन्न देशका विकल्पबारे बुझ्न र तुलना गर्न सकिने भएकाले यो मेला विद्यार्थीका लागि निकै उपयोगी हुनेछ ।

 

प्रकाशित: ४ चैत्र २०८२ २०:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App