२३ आश्विन २०८१ बुधबार
image/svg+xml

काठमाडौं महानगरले गौशाला धर्मशालामा राख्यो बोर्ड, मारवाडी समुदायको प्रतिवाद

काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ।

बालेनको आरोप: पशुपति धर्मशालामा खाली गर्न प्रहरीले रोक्यो

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन नेपाल प्रहरीले सहयोग नगरेको आरोप लगाएका छन्।

पशुपति गौशाला धर्मशाला खाली गरिँदै, अब सबै सेवा निःशुल्क हुने

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले गरेको फैसलापछि कोष सञ्चालक परिषद्को असोज २० गतेको निर्णयअनुसार कोष र महानगरपालिकाबिच धर्मशाला सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ ।

परपुरुषसँग लागेको भन्दै डिभोर्स भइसकेकी श्रीमतीको बीभत्स हत्या !

‘बारम्बार झैझगडा हुने गरेपछि ०७९ मै डिभोर्स भएको देखिन्छ । तर डिभोर्सपछि पनि उनी यस पटक आएर पूर्व श्रीमतीसँगै बस्न थालेको पाइएको छ,’ डिएसपी चापागाईँले भने,‘त्यही पुरानो रिसिइबी र परपुरुषसँगको सम्बन्धको शंकाले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।’

वर्षाको सम्भावना अझैं कायम, यस्तो छ टीकासम्मको मौसम पूर्वानुमान

साथै कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

अस्वेत भएकैले बलिउडमा धेरै विभेद खेपेँ – मिथुन चक्रवर्ती

यो अवार्डले आफुलाई धेरै गौरवान्वित बनाएको छ, यहाँसम्म आइपुग्नुमा दर्शकको अथाह माया छ तर आफ्नो करियरका सुरुवाती दिनमा आफुले भोगेको वर्ण विभेद कहाली लाग्दो थियो’।

मुगुकाे खत्याड गाउँपालिकामा १० जना नगर प्रहरी दीक्षित

गाउँ प्रहरी जवानले गाउँपालिकाको कार्यविरण अनुसार काम गर्न निर्देशन दिए।गाउँपालिकाले पनि प्रहरीको आगामी बृत्ति विकासमा जोड दिने अपेक्षा गरिएको छ ।

बालबालिकामा अल्पदृष्टिको महामारी

यस्तो समस्या कम गर्नका लागि हाल एक मात्र उपाय भनेको स्क्रिन समय घटाउने, बढीभन्दा बढी घरबाहिरको खेलकूदमा बिताउने मात्र रहेको विज्ञजनको राय छ ।

मेची राजमार्गको राजदुवालीबाट गुड्न थाल्यो मालबाहक गाडी

पहिरो झरेर असोज १८ देखि बन्द रहेको मेची राजमार्गमा मालबाहक सवारी साधनसमेत गुड्न थालेका छन्।

मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी

तातोपानीमा शरीर डुबाएर स्नान गर्दा शारीरिक स्फूर्ति बढ्ने, थकान मेटिने, चोट पटक लागेको, सुन्निएको, बज्रिएको समस्या निको हुन्छ भनिन्छ। मुस्ताङको चिसो हावापानीबाट आएकाहरु तातोपानीमा स्नान गरेर न्यानो महसुस गर्छन्।

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

महाशाखाका अनुसार बागमती प्रदेशको पश्चिमी भूभाग र मधेस प्रदेशका पश्चिमी भू–भागका थोरै स्थानबाट पनि मनसुन बहिर्गमन भएको छ।

नेकपा एसमा असन्तुष्टिको ज्ञापनपत्र,नेताहरूको पार्टी छाड्ने चेतावनी कि घुर्की ?

विगतमा एमालेमा रहँदा यिनै नेताहरूले नेपाललाई पार्टी विभाजनमा उक्साएका थिए । एमालेबाट विभाजित भएर बनेको नेकपा एसको असारमा भएको पहिलो महाधिवेशनबाट उनीहरूले पदाधिकारीबाट हात धुनुपरेको थियो। तिनै नेताहरूले अहिले पार्टीको सबै गतिविधिप्रति असन्तुष्टि जनाउँदै नेपाललाई पार्टी छाड्नेसम्म धम्की दिएका हुन्।

देशभरको मौसममा आंशिक बदली, कोशी र मधेशमा मध्यम वर्षा

कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्