८ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानी आक्रमणपछि इजरायलमा सबै विद्यालय बन्द, अब अनलाइनबाट पढाइ हुने

इजरायलका शिक्षा मन्त्री योआव किशले डिमोना र अरदमा भएको इरानी आक्रमणपछि होम फ्रन्ट कमाण्डका मेजर जनरलसँग परामर्श गरेको जानकारी दिएका छन्।

उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भनेका छन्, ‘मैले आइतबार र सोमबारका लागि सबै प्रकारका छुट  समाप्त गर्ने निर्णय गरेको छु र कुनै पनि भौतिक कक्षा सञ्चालन गर्न अनुमति दिइने छैन।’

शिक्षा मन्त्री योआव किशले यस अवधिमा विशेष शिक्षाका लागि दिइएको छुटसमेत रद्द गरिएको र देशभर अनलाइन शिक्षामार्फत मात्रै पढाइ सञ्चालन गरिने बताएका छन्। उनले बालबालिकाका लागि बनाइएका ‘येलो एरिया’ समेत बन्द रहने जानकारी दिएका छन्।उनका अनुसार, मंगलबारअघि अवस्थाको पुनः मूल्यांकन गरेपछि मात्र आगामी निर्णय लिइनेछ।

इजरायलका आपतकालीन सेवाहरूका अनुसार दक्षिणी शहर अरदमा भएको इरानी मिसाइल आक्रमणबाट ठूलो क्षति पुगेको छ। उक्त आक्रमणमा ८८ जना घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ।एजेन्सी

प्रकाशित: ८ चैत्र २०८२ ०८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App