८ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

पाल्पा टिपर दुर्घटना : चालकसहित चारको मृत्यु

पाल्पाको माथागढी गाउँपालिका-७ मा शनिबार साँझ भएको टिपर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु भएको छ। 

गम्भीर घाइते तानसेन नगरपालिका-१० का ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या थपिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी होमप्रकाश चौधरीले जानकारी दिएका छन्। 

उनका अनुसार यसअघि अर्घाखाँचीको शीतगंगा नगरपालिका-४ का चालक २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह नगरपालिका-२ का २६ वर्षीय सुनिल नेपालीको मृत्यु भएको थियो। 

शनिबार रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको टिपर सडकबाट १०० मिटर तल खसेको थियो। उपचारका क्रममा तीन जनालाई अस्पताल पुर्‍याउनासाथ मृत घोषणा गरिएको थियो भने चिदीको भैरहवामा मृत्यु भएको हो।

प्रकाशित: ८ चैत्र २०८२ ०७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App