१ माघ २०८२ बिहीबार
image/svg+xml

सम्पत्ति शुद्धीकरण र संगठित अपराधका सबै मुद्दा प्रभावित हुने

कसुरभन्दा व्यक्ति केन्द्रित भएर लामिछानेविरुद्धका मुद्दा फिर्ता लिए देशका विभिन्न अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्य मुद्दा पनि प्रभावित हुने कानुनविद् बताउँछन् ।

२१०८ सम्म बालबालिकाको हिस्सा २२ प्रतिशतमा झर्ने प्रक्षेपण

बढ्दो महँगाई, सीमित आम्दानी, महँगो शिक्षा र स्वास्थ्य खर्चका कारण अभिभावकहरू कम सन्तान जन्माउन थालेकाले बालबालिकाको संख्यामा उल्लेखनीय गिरावट आएको तथ्यांकले देखाउँछ।

महिला छायाकार पन्थी सम्मानित

पत्रकारिता र सञ्चारको प्राविधिक क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै पन्थीलाई सम्मान पत्र र ताम्रपत्रद्वारा सम्मानित गरेको हो।

हामी ठेक्कापटा मिलाइदिन्छौ भनेर भोट माग्दैनौंः बिजुक्छें

नेपाल मजदुर किसानप पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आफ्नो पार्टीले अहिलेसम्म कोही पनि ठेकेदारलाई ठेक्कापटा मिलाइदिने भनेर आश्वासन दिई भोट माग्ने नगरको दावी गरेका छन् ।

यसरी बनाइँदैछ सरस्वतीका मूर्ती

सुनसरीमा विनोद यादवले माटोलाई फरक फरक आकृतिमा प्रस्तुत गर्छन् । उनी अहिले सरस्वतीको मूर्ती बनाउन जुटेका छन् ।

अष्ट्रेलियाली पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर हार्भी नेपालको बलिङ कन्सल्टेन्ट

न्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव सँगालेका हार्भीले आफ्नो ज्ञान र सीप युवा खेलाडीहरूमा स्थानान्तरण गर्ने अपेक्षा गरिएको छ।

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ आकर्षक छुटदेखि ग्राहकलाई लाइफ टाइम निःशुल्क चार्जिङसम्म

पर्वको अवसरमा जुनसुकै ब्रान्डको पुरानो गाडी साटेर नयाँ सवारी चढ्न चाहने ग्राहकका लागि यो उत्सव विशेष मौका बन्ने कम्पनीले जनाएको छ।

ख्वप अस्पतालमा सिटी स्क्यान सेवा सुरु

बागमती प्रदेश सरकारको पाँच करोड अनुदान र भक्तपुर नगरपालिकाको करिब ६ करोड बजेटमा सिटी स्क्यान सेवा सुरु गरिएको उनले बताए ।

भदौरे विध्वंसमा जलेका भवन: भूकम्प आउँदा कति सुरक्षित?

‘हामीकहाँ भूकम्प धेरै जान्छ र हामीसँग भएका संरचना जे जति छन् कमजोर छन्। अझ भदौ २४ गतेका जलेका भवनहरू जोखिमयुक्त बनेका छन्।’

राउटे समुदायलाई सहयोग

माघे संक्रान्तिको अवसरमा राउटे समुदायले हर्षोल्लासका साथ पर्व मनाइरहेका बेला सुर्खेत जिल्लाको लेकबेसीस्थित राउटे बस्तीमा पुगेर सहयोग सामग्री वितरण गरिएको हो।

वार्तामा सहमति जुटेन: आफन्तले आझै बुझेनन शव

मृतकका आफन्तको माग सम्बोधन नहुँदा सोनियापट्टी दुर्घटनामा ज्यान गुमाएका पाँच जनाको शव अझै परिवारले बुझेका छैनन् ।

रवि बाठा रैछन्, बालेन सोझा परेछन्: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बाठा र काठमाडौं महानगरका मेयर बालेन शाहलाई सोझाको संज्ञा दिएका छन्।

‘दोस्रो चितवन मह उत्सव’ सकियो, १० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गरे

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन ईकाई चितवनको आयोजनामा रत्ननगरको टिकौली चौरमा जारी रत्ननगर महोत्सव परिसरमा लागेको दोस्रो मह उत्सव बिहीबार औपचारिक रुपमा सकिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्