२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

सिरहामा १५ प्रतिशत मत खस्यो

सिरहामा बिहान ९ बजेसम्म १५ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ। अहिलेसम्म सिरहाको चार वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान भइरहेको जनाइएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३ हजार ६४५ मतदाता र ५३१ मतदान केन्द्र कायम गरिएको छ।

निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो तथ्याङ्कअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा ५८ हजार ८५५ पुरुष र ५३ हजार ९४ महिला गरी कूल एक लाख ११ हजार ९४९ मतदाता र १३० मतदान केन्द्र रहेका छन्।

निर्वाचन क्षेत्र नम्बर २ मा ६२ हजार ६५२ पुरुष, ५३ हजार १०६ महिला र दुई अन्य गरी कूल एक लाख १५ हजार ७६० मतदाता र १३६ मतदान केन्द्र कायम गरिएको छ।

क्षेत्रगत विवरणअनुसार निर्वाचन क्षेत्र नम्बर ३ मा ६३ हजार ३९१ पुरुष र ५५ हजार ८५९ महिला गरी कूल एक लाख १९ हजार २५० मतदाता र १३६ मतदान केन्द्र तोकिएको छ भने ४ नम्बर क्षेत्रमा ५६ हजार ७१७ पुरुष र ४९ हजार ९६९ महिलासहित एक लाख छ हजार ६८६ मतदाता र १२९ मतदान केन्द्र कायम गरिएको छ।

प्रकाशित: २१ फाल्गुन २०८२ ०९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App