७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

गण्डकीमा डेंगीः अहिलेसम्मकै बढी संक्रमित

डेंगीले यो वर्ष गण्डकी प्रदेशमा अहिलेसम्मकै बढीलाई संक्रमित बनाएको छ। अहिलेसम्म प्रदेशमा सबैगरि १४ हजार ८ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ। सन् २०२३ मा प्रदेशमा सबैगरि ११ हजार ९ सय ८६ जना डेंगीबाट संक्रमित बनेका थिए। यो वर्ष गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेंगीले ८ जनाको ज्यान पनि गइसकेको छ। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ।

गण्डकीमा डेंगीः यो वर्ष ६ जनाको ज्यान गयो

डेंगीले यो वर्ष गण्डकी प्रदेशमा अहिलेसम्म ६ जनाको ज्यान गएको छ। गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये ३ जना महिला र ३ जना पुरुष रहेका छन। मन्त्रालयका अनुसार कास्कीका ३ जना, तनहुँ, म्याग्दी र स्याङजाका १–१ गरि ६ जनाको ज्यान गएको छ। पछिल्लो पटक असोज २ मा स्याङजाकी ७० वर्षिया महिलाको डेंगीबाट मृत्यु भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्