मोटरसाइकल दुर्घटना हुँदा नागार्जुनमा एक जनाको मृत्यु
शुक्रबार दिउँसो ३:२० बजेको समयमा चितवन, इच्छाकामना गाउँपालिका-४ घर भई बस्ने ४८ वर्षीय हिरालाल सुनारले चलाएको बा.प्र.०१-०२६ च २६०५ नम्बरको डि.आई. गाडीले रामकोट घर भएका ३५ वर्षीय कृष्ण थापाले चलाएको बा ६५ प ६१६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।