५ आश्विन २०८१ शनिबार
image/svg+xml

गोरखाका सबै एम्बुलेन्स ‘ग’ वर्गका

गोरखामा ५० भन्दा बढि एम्बुलेन्स संचालनमा छन् । तर ती सबै एम्बुलेन्स ‘ग’ वर्गका अर्थात तेस्रो श्रेणिका छन् । एम्बुलेन्समा हुनुपर्ने न्यूनतम सेवा सुविधा ती एम्बुलेन्समा छैनन् ।

बालिका बलात्कार गरि फरार रहेका पुरुष बच्चा जन्मिएको तीन महिनापछि पक्राउ

१४ वर्षीया बालिकालाई बलात्कारपछि फरार रहेका ६५ वर्षीय तुलबहादुर थापालाई गोरखा प्रहरीले पक्राउ गरेको छ। गोरखा नगरपालिका वडा नम्बर ८ का थापाले २०७७ वैशाख ११ गते जंगलमा निउरो खोज्न गएकी बालिकालाई बलात्कार गरेका थिए।

आईसियु खाली, बिरामी रिफर

आईसियुमा राखेर उपचार गर्नुपर्ने अवस्थाका तीनजना बिरामीलाई गोरखा अस्पतालले एक सातायता अन्यत्र रिफर गरिसक्यो ।

९५ प्रतिशत भन्दा बढि प्रगती गर्ने लक्ष्य

गण्डकी प्रदेश सरकारले चालु वर्षको साउन यता गोरखामा छुट्टै पूर्वाधार कार्यालय स्थापना गर्‍यो। सडक, पक्की पुल, झोलुङ्गे पुल र भौतिक संरचना निर्माणका कामलाई यस कार्यालयले प्राथमिकतामा राखेर काम गरेको छ । प्रदेश मातहतका अन्य कार्यालय भन्दा धेरै बजेट रहेको पूर्वाधार कार्यालयले फागुनसम्म ६२ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सफल भयो ।

आज गोरखा भूकम्पको छैटौँ स्मृति दिवस मनाइँदै

विसं २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो। उक्त भूकम्पले आठ हजार ९ सय ७९ जनाको निधन भएको थियो भने २२ हजार ३ सय ९ घाइते भएका थिए।

गोरखाका धार्मिकस्थल बन्द

‘कोभिड–१९ विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाका सबै मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिदमा हुने नित्यपूजा, ध्यान, प्रार्थनाबाहेक सबै पूजाआजा वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ,’ प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले भने। नित्य पूजाआजामा पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निर्णय भएको उनले बताए।

आजदेखि गोरखाका धार्मिकस्थल बन्द

सिद्ध मनकामना, गोरखनाथ र गोरखकाली मन्दिरआज देखि वैशाख महिनाभर बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै जिल्लाका सबै मठ, मन्दिर, चर्च, मस्जिद वैशाख मसान्तसम्म बन्द गर्ने जनाएको छ।

३५ किलोमिटर पक्की सडक थपिँदै गोरखामा

गोरखामा ३५ किलोमिटर पक्की सडक थपिने भएको छ। ढुंगागाढे–बुंकोट १२ किलोमिटर र चोरकाटे–चित्रेपोखरीको १० किलोमिटर थपहुने पूर्वाधार विकास कार्यालयले जनाएको छ। गोरखा–फिनाम सडक खण्डको चारसहित २६ किलोमिटर सडक प्राथमिकतामा परेको योजना हो।

एकै दिन गोरखाका २० भन्दा बढी जंगलमा डढेलो

गोरखाका जंगलमा डढेलो लाग्ने क्रम केहीदिन यता निकै बढेको छ। बिहीबार र शुक्रबार राती गोरखाका २० भन्दा बढी जंगलमा आगो लागेको जानकारी प्राप्त भएको छ। बारपाक सुलिकोट ६ को ताकुकोट, वडा नं. २ को मान्द्रे नजिकैको जंगल, शहिदलखन २ मनकामना, पालुङटार ९ धुवाँकोट लगायत बिभिन्न ठाउँमा आगोलागेको जानकारी आएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले बताए।

बिओपी राख्दा अहिंसा नियम पालना गर्न माग

गोरखा र तिब्बतको सिमाना छेकम्पारमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) राख्दा अहिंसाको नीतिनियम पूर्ण रूपमा पालना गर्न गराउन स्थानीयले माग गरेका छन्।

गोरखामा ३५ किलोमिटर पक्की सडक थपिँदै

गोरखामा ३५ किलोमिटर पक्की सडक थपिने भएको छ । ढुङ्गागाढे–बुङकोट १२ किलोमिटर र चोरकाटे– चित्रेपोखरीको १० किमि थप हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

गोरखा अस्पतालमा दरबन्दी ५९, कर्मचारी ८५

५० शैयाको गोरखा अस्पतालमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले ५९ जनाको दरवन्दी स्वीकृत गरेको छ । गोरखा अस्पताल व्यवस्थापन समितिले भने तोकिएको दरबन्दी भन्दा २६ जना बढी करारमा कर्मचारी राखेको छ ।

गोरखा अस्पतालमा उपचार गराउने भन्दा रेफर बढी

५० शैयाको गोरखा अस्पतालमा बिरामीको उपचार भन्दा रेफर धेरै हुन थालेपछि सर्वसाधारणलाई उपचार महँगो परेको छ ।

पुलको म्याद थपेको थप्यै

एकवर्ष अघि निर्माण सम्पन्न हुनुपर्ने लुदी खोला पुल ठेकेदारको लापरवाहिले अझै बनेको छैन । पुल नबन्दा शहीदलखन गण्डकी गाउँपालिकाका सर्वसाधारण गोरखा सदरमुकाम आउन अहिले पनि खोलाकै बाटो हिड्न बाध्य छन् ।

गोरखा–फिनाम सडकमा ठेकेदारको लापरबाही

अत्यधिक धुलोले उक्त सडक भएर दिनहुँ आउजाउ गर्ने सरस्वती मावि आहाले, वल्र्ड क्यापिटल लगायत विद्यालयका विद्यार्थीले निकै सास्ती भोगेका छन्। ४.६ किलोमिटर सडक दुई वर्षभित्र निर्माण सक्ने गरी आठ करोड ४७ लाखमा बानियाँ निर्माण सेवाले जिम्मा लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्