५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

गोरखामा ३५ किलोमिटर पक्की सडक थपिँदै

ढलान गरिँदै गरिएको ढुङ्गागाढे –बुङकोट सडक । तस्विर ः नागरिक

गोरखामा ३५ किलोमिटर पक्की सडक थपिने भएको छ । ढुङ्गागाढे–बुङकोट १२ किलोमिटर र चोरकाटे– चित्रेपोखरीको १० किमि थप हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । गोरखा फिनाम सडक खण्डको चार किलोमिटर सहित २६ किलोमिटर सडक प्राथमिकतामा परेको योजना हो ।  

‘अन्य साना–साना योजनामा ढलान हुने, थोरै पक्की हुने गरी करिब ३५ किलोमिटर सडक असार अगावै पक्की हुन्छ,’ पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले भने । २५ किलोमिटर सडक भने ग्राभेल हुनेछ । जस अन्र्तगत ढोडेनी–अजिकोटको १४ किलोमिटर, रवर उद्योग–गोप्लिङ हुँदै पालुङटार नगरपालिका क्षेत्र जोड्ने आठ किलोमिटर गरी २२ किलोमिटर योजना अन्र्तगत नै ग्राभेल हुनेछ । बाँकी तीन–चार किलोमिटर साना योजनामा ग्राभेल हुने कार्यालय प्रमुख अधिकारीले बताए ।  

प्रादेशिक सडक अन्र्तगत रुईला भञ्ज्याङ सडक निर्माण भईरहेको छ । यो क्रमागत योजना हो । प्रादेशिक ‘ख’ अन्र्तगत १४ योजना मध्ये चारवटा सम्पन्न भएको कार्यालय प्रमुख अधिकारीले बताए । ‘असारसम्म बाँकी पनि सकिन्छ,’ उनले भने ।  

प्रादेशिक सडक ‘ग’ अन्र्तगत २५ वटा असार भित्र सक्नुपर्नेमा १० वटा सकिएको र बाँकी चलिरहेको छ । अन्य तीनवटा सडक योजनामा एउटा सकिएको, एउटा निर्माणाधिन छ भने अर्को क्रमागत योजना रहेको कार्यालय प्रमुख अधिकारीले बताए ।  

स्थानीयतह बारपाक सुलिकोट, धार्चे र गण्डकी गाउँपालिकाको केन्द्र जोड्ने तीनवटा सडक योजना क्रमागत रहेको र अहिले काम भईरहेको छ । चालु वर्ष भित्र मर्मत गर्नुपर्ने २७ वटा सडक योजना मध्ये ३ वटा सकिएको र असार सम्म सबै सकिने कार्यालय प्रमुख अधिकारीले बताए ।  

‘१० देखि १५ लाखका सामुदायिक भवन मर्मत सुधारको ११ वटा योजना सबै असारमा सक्छौं,’ उनले भने ‘सहकारी विकास तथा भवन र पार्क निर्माणका छ वटा योजनामा एउटा मात्रै सकिएको छ ।’ 

प्रकाशित: ११ चैत्र २०७७ ०६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App