५ आश्विन २०८१ शनिबार
image/svg+xml

पालिकाले दुई वर्षसम्म लगेनन् जिसस अनुदान

२०७६ भदौमा जिल्ला समन्वय समितिले सबै पालिकाका प्रमुखसहितको उपस्थितिमा बैठक बसेर छलफलपछि गाउँपालिकालाई १ करोड १० लाख र नगरपालिकालाई एक करोड ४० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

अघिल्लो वर्षभन्दा अहिले धेरै बालिका बलात्कृत

गोरखामा साउन यता बलात्कार र प्रयासका १९ वटा घटना भएका छन्। एउटा घटनामा दुई बालिकासहित १८ वर्षमुनिका ११ जना बालिका पीडित भए। १८ देखि २५ वर्ष उमेरका पाँच र २५ देखि ३५ का चारजना महिला बलात्कारको सिकार बने। यी घटनामा संलग्न पीडक भने १८ वर्ष भन्दामाथि उमेरका छन्।

गोरखा जिल्ला अदालतको सेवा नयाँ भवनबाट

गोरखा जिल्ला अदालतले नयाँ भवनबाट सेवा सुरु गरेको छ । जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) र निर्माण कम्पनीले हस्तान्तरण नगर्दा निर्माण कार्य सम्पन्न भएको लामो समयसम्म भाडाकै घरबाट सञ्चालन भइरहेको अदालतले नयाँ भवनबाट काम सुरु गरेको हो ।

उत्तरी गोरखामा हेलिकप्टरबाट कोरोना खोप ढुवानी

तिब्बतसँग सिमाना जोडिएको र सडक सञ्जालले नछोएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविकालाई लगाउन हेलिकप्टरबाट कोरोनाविरुद्धको खोप ढुवानी गरिएको छ। स्वास्थ्य कार्यालय गोरखाले बिहीबार चिकित्सक, स्वास्थ्यकर्मीसहित खोप पठाएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरजंग ठकुरीले बताए।

नयाँ भवन हस्तान्तरण नहुँदा भाडाको घरमा अदालत

गोरखा जिल्ला अदालतको भवन गत असारमा निर्माण कार्य पूरा भएको थियो। तर, अहिलेसम्म हस्तान्तरण हुन सकेको छैन। भवन निर्माण कार्य पूरा भएको लामो समयसम्म पनि हस्तान्तरण नहुँदा भाडाको घरबाट काम सञ्चालन गर्नु परेको छ। जिल्लाकै ठूलो र सुविधा सम्पन्न रहेको जिल्ला अदालत भवन हस्तान्तरण नहुँदा मासिक ६४ हजार रूपैयाँ घर भाडामा खर्च गर्नुपर्ने बाध्यता रहेको छ।

भवन बनेको सात महिनासम्म हस्तान्तरण भएन

गत असारमा निर्माण पुरा भएको गोरखा जिल्ला अदालतको भवन निर्माण गर्ने कार्यालय र कम्पनिको हेलचक्रयाइँले सातमहिनासम्म हस्तान्तरण हुन सकेको छैन ।

गोरखा मालपोतमा सेवा लिन चारदिन

बिहान ९ नबज्दै काम लिएर मालपोतमा भिड लाग्ने सेवाग्राही दिनभरी काम नभएपछि बेलुकी निरास हुँदै फर्कन्छन् ।

गोरखाको धार्चेमा हेलिकप्टर अवतरण गर्दा शुल्क लाग्ने

धार्चे गाउँपालिकाले गाउँपालिका भित्र अवतरण गर्ने हेलिकप्टरसँग अवतरण शुल्क असुल्ने भएको छ ।

भारतीय विदेश सचिव श्रृंगलाद्वारा गोरखाका तीन विद्यालय उद्घाटन

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शुक्रबार गोरखाको तीनवटा विद्यालय उद्घाटन गरेका छन्। भारत सरकारको सहयोगमा गोरखा नगरपालिका वडा नम्बर ८ मा निर्माण भएको रत्नलक्ष्मी मावि, ९ को महालक्ष्मी मावि र १० को तारा माविको उद्घाटन गरेका हुन्।

कोरोना संक्रमण बढेपछि गोरखा नगरपालिका बन्द

नगरक्षेत्र भित्र कोरोना संक्रमण दर बढेपछि गोरखा नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ।

बहराइनका राजकुमार उत्तरी गोरखा पुगे

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहित २१ जनाको टोली गोरखाको सामागाउँमा पुगेको छ।

१८ महिनापछि शल्यक्रिया सेवा सुरु

मंगलबार एक महिलाको शल्यक्रिया गरेर बच्चा जन्मिएसँगै करिब १८ महिनापछि गोरखा अस्पतालले अप्रेसन सेवा सुरु भएको हो।

पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

निरन्तरको बर्षापछि गोरखा नगरपालिका १३ मझुवामा पहिरो खसेपछि बिहानदेखि आबुखैरेनी गोरखा सडक अवरुद्ध भएको छ। राजमार्गका ठाउँठाउँमा पहिरो खसेपछि सोमबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो। अवरुद्ध सडक खुलाउन डोजरको सहायताले पहिरो हटाउने प्रयास भए पनि कहिले खुल्छ भन्ने यकिन छैन।

पहिरोका कारण आँबुखैरेनी–गोरखा सडक अवरुद्ध

लगातार बर्षातपछिको पहिरोका कारण आँबुखैरेनी–गोरखा राजमार्ग आज अवरुद्ध भएको छ । गोरखा नगरपालिका १२ स्थित सात किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको वडा अध्यक्ष डिलबहादुर थापाले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्