८ वैशाख २०८१ शनिबार
समाज

कोरोना संक्रमण बढेपछि गोरखा नगरपालिका बन्द

नगरक्षेत्र भित्र कोरोना संक्रमण दर बढेपछि गोरखा नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ। प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले सूचना जारी गर्दै कात्तिक २४ गतेदेखि मंसिर २ गतेसम्म नगरपालिका र वडा कार्यालयको सेवा बन्द रहने बताए।  

‘अत्यावश्यक बाहेकका सेवा बन्द रहन्छ’ उनले भने ‘कार्यालय र वडामा काम गर्ने कर्मचारीलाई रुघाखोकी, ज्वरो समेत आएको र केही कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले सेवा बन्द गर्नु परेको हो।’  

कोभिड-१९ को संक्रमण दर फैलने क्रम ब्यापक भएको भन्दै नगरपालिकाले कात्तिक २४ गते सोमबारदेखि मंसिर ६ गतेसम्म नगरपालिका भित्रका निजी तथा सामुदायिक विद्यालय, सिकाई केन्द्र सबै बन्द रहने बताएको छ। नगरपालिकाको बिभिन्न वडामा अन्यत्रबाट आउनेहरुलाई टोलबिकास संस्था र वडा कार्यालयमा जानकारी गराएर आउन समेत अनुरोध गरिएको छ।

प्रकाशित: २३ कार्तिक २०७७ १०:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App