coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

निरन्तरको बर्षापछि गोरखा नगरपालिका १३ मझुवामा पहिरो खसेपछि बिहानदेखि आबुखैरेनी गोरखा सडक अवरुद्ध भएको छ। राजमार्गका ठाउँठाउँमा पहिरो खसेपछि सोमबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो। अवरुद्ध सडक खुलाउन डोजरको सहायताले पहिरो हटाउने प्रयास भए पनि कहिले खुल्छ भन्ने यकिन छैन।  

पहिरोकै कारण आइतवार पनि दिनभर आबुखैरेनी गोरखा सडक अवरुद्ध भएको थियो। दिनभर एकतर्फी गरिएको सडक आज भने पूर्णयता अवरुद्ध भएको हो।  हिजोदेखि निरन्तर परिरहेको बर्षाका कारण दरौदी खोलामा आएकाे बाढीले आसपासका खेतमा समेत क्षति पुगेको छ।

प्रकाशित: ५ श्रावण २०७७ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App