८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

१८ महिनापछि शल्यक्रिया सेवा सुरु

गोरखा अस्पतालमा शल्यक्रिया गर्दै चिकित्सकहरू। तस्बिर: नागरिक

मंगलबार एक महिलाको शल्यक्रिया गरेर बच्चा जन्मिएसँगै करिब १८ महिनापछि गोरखा अस्पतालले अप्रेसन सेवा सुरु भएको हो। अस्पतालको नयाँ भवन निर्माण र कोरोनाको प्रभावका कारण अवरुद्ध भएको शल्यक्रिया सेवा पुनः सुचारु भएको हो। ‘अहिले जनशक्ति पनि हुनुहुन्छ, ठाउँ अभाव भएपछि अत्यावश्यक सेवा सुरु गर्ने योजना अनुसार शल्यक्रिया सेवा सुरु गरेका हौं,’ अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने। मंगलबार शल्यक्रिया गरिएकी आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए।

जनरल फिजिसियन, प्रसुती तथा स्त्रीरोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ र एमडिजिपी जनरल फिजिसिएन गरी चार जना विषेशज्ञ गोरखा अस्पतालमा छन्। अप्रेसनबाट सुत्केरी गराउने सेवा सञ्चालन भएको र अन्य अप्रेसन सेवा समेत सञ्चालन गर्ने उनले सूचना अधिकारी ढकालले बताए। यसअघि अस्पतालसँगैको आइसोलेसनमा कोरोनाका संक्रमित राख्ने गरिएको थियो। अब संक्रमितलाई यहाँ नराख्ने निर्णय गरिएपछि अप्रेसन सेवा सुचारु भएको बताइएको छ।

प्रकाशित: १५ आश्विन २०७७ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App