५ आश्विन २०८१ शनिबार
image/svg+xml

गोरखापत्रको निर्णयविरुद्ध अन्तरिम आदेश

सर्वोच्च अदालतले गोरखापत्र संस्थानको सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू दीपककुमार कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले सञ्चालक समितिले कानुनविपरीत निर्णय गरेको भन्दै कार्यान्वयन नगराउन अन्तरिम आदेश गरेको हो।

गोरखा अस्पतालबाट थप ८ जना कोरोना निको भएपछि घर फर्किए

पिसिआर पोजेटिभ देखिएपछि गोरखा अस्पतालमा उपचार गराइरहेका आठ जना कोरोना निको भएपछि घर फर्किएका छन् । अस्पताल आएर उपचार गराएपछि गरिएको पुनः जाँचका क्रममा रिपोर्ट नगेटिभ देखिएका गण्डकी गाउँपालिकाका चार जना, भिमसेन थापा गाउँपालिकाका दुई जना, पालुङटार नगरपालिकाका एक र काभ्रे पाँचखालका एक जनालाई डिस्चार्ज गरिएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।

भारतबाट दुई सय ४३ गोरखाली भित्रिए

रोजगारीको सिलसिलामा भारत रहेकाहरु धमाधम घर फर्किरहेका छन्। बैशाख २५ देखि हाल सम्म (२५ दिनमा) दुई सय ४३ जना गोरखा आएका छन्। ९ जना महिला र एक जना बालिका बाहेक अन्य सबै पुरुष रहेका छन्। अधिकासं भारतको सिलगढी, हैरवाद लगायत ठाउँबाट आएका हुन्।

सँगै बजेट आएको बाग्लुङमा आइसियु बन्यो, गोरखामा टुङ्गो छैन

दोस्रो पटक वैशाख तेस्रो साता गरिएको टेण्डरमा तीनवटा फर्म दर्ता भएका छन् । ती फर्मको प्राविधिक र आर्थिक मूल्याङ्कन हुन बाँकी छ ।

सँगै बजेट आएको बाग्लुङमा आईसियू बन्यो, गोरखामा अझैं टुङ्गो छैन

बढ्दो कोरोना संक्रमणका बेला सार्वजनिक खरिद प्रक्रिया नै छोट्याएर गोरखा अस्पतालमा दुई साता भित्र निर्माण गर्ने भनिएको भेन्टिलेटर सहितको आईसियू कक्ष अझै निर्माण सुरु भएको छैन।

गोरखामा खाद्यान्न बोकेको ट्रक दुर्घटना, चालक गम्भीर घाइते

गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ६ सुकेडाँडा भन्ने ठाउँमा ट्रक दुर्घटना हुँदा चालक बिकास बिक गम्भीर घाइते भएका छन् ।

भूकम्पपछि के के भयो गोरखामा ?

विनासकारी भूकम्प गएको पाँच वर्ष बित्यो। २०७२ बैशाख र अहिले २०७७ बैशाख गोरखाको लागि भिन्न छ। भूकम्पको दिन स्मरण गर्दा अहिले पनि मुटु हल्लिन्छ। उनीहरुले भत्किएको ध्वस्त भग्नाबशेष देखाएर भूकम्पको क्षती सम्झने दिन अहिले छैन। कारणः भूकम्पपछि ध्वस्त भएका गाउँ अहिले पक्की संरचनामा जुरुक्क उठेको छ।

लकडाउन उल्लंघन गर्नेलाई कोरोना सर्ने तरिका सिकाउँदै गोरखा प्रहरी

गोरखामा सवारी साधनको चाप विषेशतः मोटरसाइकल गुड्ने क्रम बढ्दो देखिएपछि प्रहरीले आज बिहानै चेकजाँचलाई तीब्रता दियो। गोरखा सदरमुकाममा १३ जना सवारी चालक छिनमै नियन्त्रणमा परे। उनीहरुलाई पक्राउ गरेर प्रहरीले कोरोना सर्ने तरिका सिकाएको छ।

गोरखा नगरपालिकाले मुख्य बजार क्षेत्रमा क्लोरिन झोल छर्कियो

विश्वव्यापी फैलिएको कोरोना भाइरसको संभावित संक्रमण रोकथामका लागि गोरखा नगरपालिकाले शनिबारदेखि बजार क्षेत्रमा विषादी (क्लोरिन झोल) छर्कन थालेको छ। ‘बाहिर भएका किटाणुहरुबाट सर्वसाधारणलाई असर नहोस भन्ने धेयले थप सुरक्षित र वातावरण सफा राख्न क्लोरिन छर्किएका हौँ’ नगरप्रमुख राजनराज पन्तले भने।

तिब्बतसँग जोडिएको गोरखाका नाकाबन्द

कोरोना भाइरसको संक्रमणको त्रास बढिरहेका बेला तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको नाका भएर आउजाउमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाले सिमाना जोडिएको चुमनुब्री गाउँपालिका र प्रहरीलाई नाका भएर सर्वसाधारणको आउजाउ बन्द गराउन अनुरोध गरेको हो।

'टुरिस्ट भिसा'मा आएकाहरु घर भाडामा लिएर धर्म प्रचारमा

जापानबाट नेपाल पढ्न आएको बाहनामा विद्यार्थी र पर्यटक बनेर धर्म प्रचारमा लामो समयदेखि केही व्यक्ति बस्दै आएको तथ्य खुलेको छ। पोखराको शिवसक्ति क्याम्पसमा शिक्षा संकाय अध्ययन गर्ने विद्यार्थीको रुपमा आएका दुई जना जापानी नागरिक लामो समयदेखि गोरख बसेर धर्म प्रचार गरिरहेका छन्। दुई जना भने पर्यटक भिसामा आएर धर्म प्रचारमा संलग्न रहेको खुलेको छ।

गोरखादेखि बारपाकसम्म मोटरसाइकल र्‍याली

गोरखा सदरमुकामदेखि बारपाकसम्म शनिबार मोटरसाइकल र्‍याली सुरु भएको छ। गोरखा सदरमुकामको ठूलो आगनदेखि सुरु भएको र्‍यालीमा एक ५० मोटरसाइकलसहित मानिसहरु सहभागी भएको आयोजक गोरखा युथ क्लवका अध्यक्ष सुमन गुरुङले बताए। ‘पर्यटन प्रर्वद्धन गर्न र्‍यालीले मद्धत पुग्नेछ भन्ने अपेक्षाले क्लवले कार्यक्रम गरेको हो’ उनले भने।

गोरखामा मकैको बिहे

धार्चे गाउँपालिका ४ लाप्राकका स्थानीय बिहीबार मकैको बिहेमा जन्ती हिँडे। हरेक वर्ष जस्तै रोप्नुअघि यो साल पनि उनीहरुले मकैको बिहे गरिदिएका छन्।

गोरखामा टिपरकाे ठक्करबाट महिलाको मृत्यु

गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा टिपरको ठक्करबाट स्थानीय मनमाया तामाङको मृत्यू भएको छ। शुक्रवार बिहान घरबाट छेवेटार बजार दुध पुर्‍याउन जाँदै गरेकी महिलालाई गोरखकाली क्रसर उद्योगबाट निस्केको ग १ ख ८०२७ नम्बरको टिप्परले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बासुदेव खतिवडाले बताए। ठक्कर दिने गाडीमा स्थानीयले आगजनी गरेका छन्। सँगै रहेको ग १ ख ७४७३ नम्बरको गाडीमा पनि आगजनी गरेको प्रहरीले जनाएको छ।

गोरखाको तातोपानीमा मितिनी मेला

मितिनी वा मित भन्ने कुरा मन, उमेर वा उस्तै देखिने व्यक्तिहरुबीचको सम्बन्ध भन्ने बुझिन्छ। परिवारले वा साथीभाईले दुई जनाबीचको सम्बन्ध अझै प्रगाढ बनाउन मित लगाउने प्रचलन छ। तर गोरखाको एउटा यस्तो ठाउँ छ जहाँ माघ १६ देखि १९ सम्म जात्रा लगाएर मितिनी लगाईन्छ त्यो पनि एक/दुई होइन धेरै जनाको।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्