६ आश्विन २०८१ आइतबार
image/svg+xml

उत्तरी गोरखामा हिउँपहिरो, मनास्लु पदमार्ग बन्द

उत्तरी गोरखामा शुक्रवार दिनभर भारी हिमपात भएको छ। तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिको सामागाउँ, छेकम्पार लगायत धार्चे गाउँपालिकाको लाप्राकमा बाक्लो हिउँ परेको हो। हिउँ अत्याधिक परेसँगै मनास्लु पदमार्गको बिभिन्न ठाउँमा पहिरो बगेको छ। हिउँ पहिरोका कारण मनास्लु पदमार्ग बन्द रहेको वडा नम्बर ४ का अध्यक्ष पेम्बाडुण्डुप लामाले बताए।

आठ करोडमा नयाँ बन्दै जिल्ला प्रहरी कार्यालय

जिल्ला प्रहरी कार्यालय गोरखाको नयाँ भवन निर्माण सुरु भएको छ। भूकम्पमा भत्किएको भवन साढे चार वर्षपछि पुनर्निर्माण सुरु भएको हो। अहिलेसम्म पुरानै तथा जीर्ण भवनमा प्रहरी कार्यालय सञ्चालन भइरहेको थियो। अन्य सरकारी कार्यालय पुनर्निर्माण सकिएका छन् भने केही अन्तिम चरणमा छन्।

गोरखामा पृथ्वीजयन्ती मनाउन उर्लिए नगरबासी (फोटो फिचर)

गोरखामा २९८औं पृथ्वीजयन्ती धुमधासँग मनाइएको छ। पृथ्वीनारायण शाहले नेपाल एकिकरणको सुरुवात गरेको गोरखा जिल्लामा उनको सम्झना धुमधामले गरिएको हो। गोरखा नगरपालिकाको आयोजनामा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक रहेको गोरखा संग्राहलय परिसरमा भब्य कार्यक्रम गरी पृथ्वीजयन्ती मनाइएको हो।

गोरखाका छ स्थानीय तहमा पृथ्वीजयन्तीमा बिदा

यहाँका दुई नगरपालिका र चारवटा गाउँपालिकाले पुस २७ गते (आईतवार) पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएका छन्।

कश्मीर भिडन्तको चोट गोरखालाई, घरमा सन्नाटा, शोकाकुल गाउँ

गोरखा सदरमुकामबाट करिब दुई किलोमिटर पर वडा नम्बर ५ को सानोरिप ढाँडगाउँ शोकमा डुबेको छ। बिहीबार दिउँसोसम्म त्यस गाउँका मानिसको अनुहारमा चमक छैन। जम्मुकश्मीर भएको भारत–पाकिस्तान भिडन्तमा गोरखा नगरपालिका ५ ढाँडगाउँका २६ वर्षिय अर्जुन थापा मगरले ज्यान गुमाएपछि परिवारमा भावबिह्वल भएको छ।

भ्रमण वर्षभित्रै गोरखा दरवार ठडिन्छः मन्त्री भट्टराई

दुई वर्षे निर्माण म्याद मंसिर मसान्तमा सकिएको गोरखा दरवारको स्थलगत निरीक्षण गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष सन् २०२० भित्रै दरवार पुनर्निर्माण सकिने बताए।

समय सकियो तर गोरखा दरबार ठडिएन, मासिक एक प्रतिशत काम

पुनर्निर्माण भएको भवन उद्घाटनको तयारी हुनुपर्ने समयमा गोरखा दरबार करिब ३० प्रतिशत मात्रै निर्माण भएको छ। पुरातत्व विभाग र निर्माण जिम्मा लिएको पचली सिवाको जेभी कन्स्ट्रक्सनले समयमै काम गर्न गराउन नसक्दा निर्माण सकिनुपर्ने दरबार अलपत्र परेको हो।

गोरखामा सुविधा सम्पन्न आश्रम बन्दै

गोरखा नगरपालिका–१० छेवेटारमा गण्डकी प्रदेशकै सुविधा सम्पन्न वृद्धआश्रम निर्माण हुने भएको छ।

मंगलवार पनि खुल्यो गोरखा संग्राहालय

पहिलो पटक गोरखा संग्राहालय मंगलवार पनि खुलेको छ। संग्राहालय खुल्दा एकै दिन पाँच सय २३ जनाले अवलोकन गरेका छन्।

इतिहास सम्झेर फोटो खिचाउँछन् पर्यटक

विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त गोरखा दरबार निर्माणकै क्रममा छ। सँगै रहेको गोरखकाली मन्दिरलाई भूकम्पले क्षति पुर्‍याए पनि सँगै जोडिएको दरबारको निर्माण भइरहेका कारण यसको निर्माण भने थालिएको छैन। दरबारको निर्माण कार्य जारी रहेका कारण निर्माण सामग्री पनि यत्रतत्र छरिएका छन्।

चोरीको आरोपमा चार जना पक्राउ

गोरखा सदरमुकाम र आससापका क्षेत्रमा लगातार भइरहेको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

सकियो छेवेटार मेला, ५० हजारले अवलोकन गरे

गोरखा नगरपालिका १० को छेवेटारमा १० दिनसम्म संचालित प्रथम गोरखा छेवेटार रमाइलो मेला २०७६ सकिएको छ। मेलाको संघीय सांसद चुडामणि खड्काले एक कार्यक्रमका बीच शनिवार समापन गरेका हुन्।

सत्तामा टाँसिएर बस्दैनौ : डा. भट्टराई

समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले सत्तामा टाँसिएर नबस्ने चेतावनी दिएका छन्। समाजवादी पार्टी नेकपा सरकारको सत्ताको साझेदार नभएको बताउँदै उनले भने ‘संविधान संसोधनका लागि दुई तिहाई पुर्‍याउन साथ दिएका हौं, संविधान संशोधनमा सरकारले चासो दिएन, अब छिट्टै सत्ताबाट छुट्टिन्छौं,’ गृहजिल्ला गोरखामा बिहिवार पत्रकार भेटघाटमा उनले सरकारबाट बाहिर निस्किएर जनमत तयार गर्नमा लाग्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्